तिब्बतद्वारा ताप्लेजुङलाई स्वास्थ्य सामाग्री सहयोग

0
Shares

दिलकुमार लिम्बू,ताप्लेजुङ ।

छिमेकी देश चीनको स्वशासित क्षेत्र तिब्बतले ताप्लेजुङलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएको बेला तिब्बत सरकारले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहितका स्वास्थ्य सामग्री उपलब्ध गरेको हो ।

ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी केशब खतिवडा नेतृत्वको टोली सदरमुकामबाट सीमावर्ती नाका टिपताला सम्म बुधवार पुगेर जिम्मा बुझिलिएको हो । जिल्लास्थित कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको निर्णयअनुसार सहायक प्रजिअ खतिवडाको नेतृत्वमा जिल्ला समन्वय समितिका शाखा अधिकृत गणेश अधिकारी र पत्रकार सहितको टोली सामाग्री जिम्मा लिन फक्ताङलुङ गाउँपालिकाको ७ टिपताला सम्म पुगेको हो ।

तिब्बत सरकारले सहयोग गरेको विभिन्न छ किसिमका स्वास्थ्य सुरक्षाका सामग्रीमध्ये एकहजार १०० थान पीपीई, १०० थान थर्मल गन, एक लाख १० हजार थान बढी सर्जरी मास्क, एकहजार २०० थान एन–९५ मास्क र स्यानिटाइजर सहितका सामग्री रहेको बताइएको छ ।

¥यापिड डाइग्नोष्टिक किट (आरडीडी), स्वाब सङ्कलन गर्ने भाइलसहितका सामग्री रहेका बताइए पनि के कति परिमाण छ भन्ने यकिन भई नसकेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ ।

पाँच हजार २०० मिटर उचाइ रहेको टिपताला नाकामा अहिले पनि बाक्लो हिउँ भएकाले सामान बुझेर ल्याई पु¥याउनका लागि निक्कै सकस रहेको बताइएको छ । यस अगाडी पनि आवश्यक खाद्य समाग्री उपलब्ध गराएको थियो ।
तस्वीरः सौज्य तेन्जिङ वालुङ