सिमामा अलपत्र नागरिकलाई एम्बुलेन्सको सुविधा

0
Shares

घनश्याम बगाले,नवलपरासी ।

सिमामा अलपत्र नागरिकलाई पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले एम्वुलेन्स मार्फत आफ्नो नगरमा ल्याएको छ ।
नगरपालिकाको शुक्रबार बसेको विपत ब्यवस्थापन समितिको निर्णय अनुसार विश्वब्यापी महामारी कारोनाको सन्त्रासमा घर फर्कदै गरेका नगरबासीलार्ई यो सुविधा दिएको हो ।

विपत ब्यवसथापन समितिका संयोजक एवं नगर उप प्रमुख प्रेमशंकर मर्दनियाका अनुसार देश फर्कने क्रममा सिमामा अलपत्र नगरबासीलाई उद्धार गरी क्वारेन्टाईनमा राखिने छ ।

निर्णयसंगै शुक्रबार रुपन्देहीको सिमा क्षेत्रमा रहेका ४ जनालाई नगरपालिकाले ल्याएर स्वास्थ्य परीक्षण गराई क्वारेन्टाईनमा राखेको उप प्रमुख मर्दनिया थारुले बताउनु भयो ।

यसै वीच देश विदेशबाट नागरिकहरु नगर भित्रने क्रम बढ्न थाले पछि पालिकाले स्थानीय नमूना शिव माध्यमिक विद्यालयमा १ सय बेडको क्वारेन्टाईन केन्द्र स्थापना गर्ने जनाएको छ ।