बेल्जियम ग्राण्ड प्रिक्स् अगस्टमा

0
Shares

ब्रसेल्स, एजेन्सी ।

कोरोना महामारीका कारण स्थगित फर्मुला वान बेल्जियम ग्राण्ड प्रिक्स् प्रतियोगिता आगामी अगस्टमा हुने भएको छ ।बेल्जियम ग्राण्ड प्रिक्स आयोजकले शुक्रबार राती अगस्टको ३० तारिखमा प्रतियोगिता गर्ने घोषणा गरेको हो ।

बेल्जियम सरकारले अगस्ट ३१ सम्म भिडभाड गर्न नपाउने नियम लागु गरेका कारण आयोजकले सुनसान सर्किटभित्र अगस्ट ३० मा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । यसबाहेक कोरोनाबाट बच्ने अन्य नियम र सामाजिक दूरीलाई पनि गम्भीरताका साथ पालना गर्ने आयोजकले जानकारी गराएका छन् ।