राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार समाचारपत्रकर्मी गिरीलाई

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट चलचित्र पत्रकार संघ नेपालका पुर्वअध्यक्ष तथा नेपाल समाचारपत्रकर्मी विदुर गिरीलाई सम्मान गर्ने भएको छ । गिरीलाई नगद ११ हजार १ सय ११ रुपियाँ राशिसहित सम्मानपत्रले सम्मानित गरिने भएको हो ।

जेठ ७ गते मनाइने चलचित्र पत्रकारिता दिवसको अवसरमा गिरीसहित ३ जनालाई सम्मान गर्ने निर्णय भएको हो । संघको बैठकले दिवसको अवसरमा प्रदान गरिँदै आएको चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट मकवानपुरबाट गोरखापत्रमा आबद्ध पत्रकार राममणि दाहाल र चलचित्र कलाकर्मी सम्मान २०७७ बाट मकवानपुरबाट कलाकारितामा लागेका नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई सम्मानित गर्ने निर्णय गरेको हो । गत वर्षको चलचित्र पत्रकारिता पुरस्कार नेपाल समाचारपत्रका मकवानपुर संवाददाता रोशन पराजुलीलाई प्रदान गरिएको थियो ।

दाहाललाई नगद पाँच हजारसहित सम्मानपत्र र लामालाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिनेछ । हाल कोरोना भाइरसको महामारीका कारण यस वर्ष प्रदान गरिने पुरस्कार महामारीको स्थिति सामान्य भएपछि प्रदान गरिने संघका अध्यक्ष मणिराज गौतमले बताए ।

सबै पुरस्कार तथा सम्मानलाई कोरोना भाइरस सक्रमणको अबस्था सामान्य भएपछि भव्य कार्यक्रम आयोजना गरी प्रदान गरिने अध्यक्ष गौतमले बताए ।