रसुवाका दुई अस्पतालमा स्बाव संकलन बुथ सञ्चालनमा

0
Shares

सरस्वती न्यौपाने,रसुवा ।

जिल्लाका दुई अस्पतालहरूमा स्बाव संकलन बुथ सन्चालनमा आएका छन् ।गोसाईकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चेमा रहेको रसुवा जिल्ला अस्पताल र कालिका गाउँपालिका वडा नं. ५ जिवजिवेमा रहेको जिवजिवे ग्रामीण अस्पतालमा बुथ सन्चालनमा ल्याईएको हो।

नेपाल ईन्जिनियरिङ एसोसिऐसन बागमती प्रदेशले यी दुई अस्पताललाई बुथ हस्तान्तरण गरेको हो ।कोभिड(१९ अर्थात् कोरोनाका शङकास्पद विरामीको स्बाव संकनकाका लागि बुथ सन्चालनमा ल्याई विरामी बाट स्वास्थ्यकर्मीलाई कोरोना सर्न सक्ने जोखिमलाई न्यूनिकरण गर्नका लागि बुथ सन्चालन ल्याईएको ईन्जिनियर विकास भट्ट ले जानकारी दिनुभयो ।

बुथ सन्चालनमा आएपछि स्बाव सङकलन गर्दा बिरामी र स्वास्थ्यकर्मीबिच प्रत्यक्ष भेट नहुने र यसले आउँदा दिनमा अन्य सरूवा रोगको नमुना सङकलन गर्दा समेत सहयोग पुग्ने विश्वास लिईएको छ।