गाँजासहित दुई जना सिरहाबाट पक्राउ

0
Shares

सुभेन्द्र दास,लहान ।

लागुऔषध गाँजासहित दुईजना सिरहाबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला सिरहाको सिरहा नगरपालिका वडा नं. १० पदमपुरका ६५ वर्षीय लक्ष्मी पासवान र वडा नं. १२ सारस्वरका ४० वर्षीय मोहम्द अलाउदिन मिया रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) विनोद घिमिरेले जानकारी दिनु भयो ।

ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटेको गस्ती टोलीले दुवै जनालाई गोलबजार नगरपालिका वडा नं. ११ बल्कवा स्थित दुवैजनालाई ३ सय ५० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो।

पासवानले बोकेको झोला चेकजाँच गर्दा ३ सय ग्राम र अलाउदिनको गोजीबाट ५० ग्राम गाँजा बरामद भएको डिएसपी घिमिरेले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय गोलबजार सिरहामा ल्याई थप अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएको हो।