पर्वतको जलजलामा चितुवाको आक्रमणबाट दुई घाईते, आक्रमण गर्ने चितुवा मर्यो

0
Shares

न्युज अफ नेपाल,पर्वत ।

पर्वतको जलजला गाउँपालिकामा चितुवाको आक्रमणवाट दुई जना घाईते भएका छन् । पर्वत जिल्लाको जलजला गाउँपालिका–८ नाग्लिवाङका अन्दाजी ५६ बर्षिय गोविन्दवहादुर केसी चितुवाको आक्रमणवाट घाईते भएका हुनु भएको हो ।

बिहिवार दिउँसो करिव साढे ३ बजेतिर खेतमा काम गरिरहेको अवस्थामा केसीलाई चितुवाले आक्रमण गरेको थियो । उहाँलाई बचाउन जाने क्रममा ३४ बर्षिय कृष्ण परियार समेत सामान्य घाईते हुनु भएको छ ।

नाग्लिवाङका वडा अध्यक्ष हरि विकास जिसीका अनुसार चितुवाको आक्रमणवाट केसीको घाँटी र हातमा चोट लागेको छ । त्यस्तै परियारको हातको औलामा चोट लागेको छ ।

घाईते दुवैलाई उपचारको लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएको छ । चितुवालाई स्थानीयले नियन्त्रणमा लिने क्रममा घाइते भएको चितुवा समेत मरेको छ । स्थानियले घाइते अबस्थामा रहेको चितुवा जिल्ला वन कार्यालयलाई बुझाएका थिए । खोरमा राखेपछि चितुवा मरेको जिल्ला वन कार्यालय पर्वतले जनाएको छ।