सिमा अतिक्रमण विरोधमा नेविसंघ लमजुङद्वारा राँके जुलुस र पुत्ला दहन

0
Shares

शिक्षा पन्त,लमजुङ ।

नेपाल विद्यार्थी संघ लमजुङले भारतले नेपाली भुमि हँुदै तिब्बत जोड्न सडक बनाएको विरोधमा राँकेजुलुस र पुत्ला दहन गरेको छ । नेविसंघले सदरमुकाम बेसीशहरमा बुधबार साँझ सिमा अतिक्रमण विरुद्धका विरोध प्रर्दशन गरेको हो ।

भिमसेनथानबाट नाराजुलुस गदै शेरा पुगेर कोणसभा गरेको नेविसंघले अतिक्रमित भुमि फिर्ता गर्न सरकारले कुटनितिक पहल नगरेको र आफ्नो भुमि मिचिदाँ समेत सरकार उदासिन बनेको नेविसंघ लमजुङका उपसभापति दिपक अधिकारीले आरोप लगाउनुभएको छ ।

उहाँले भन्नुभयो सरकारले छिटोभन्दा छिटो अतिक्रमितभुमि फिर्ता गर्नुपर्छ । सरकारको उदासिनता र भारतिय हस्तक्षेप विरुद्ध वुधबार साँझ नै नेविसंघले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दोहन गरेको हो ।

नेपालको भुभाग लिपुलेक, कालापानी, लिम्पियाधुरालाई भारतले आफ्नो भुभाग भनेर भारतको नक्सामा प्रकाशन गरेसँगै सो भु–भागमा एकतर्फी रुपमा सडक सञ्जाल निमार्ण गरेको भन्दै विरोध प्रर्दशन गरिएको नेविसंघ लमजुङका उपसभापति अधिकारीको भनाई छ ।