लमजुङका संचारकर्मीलाई प्रेस ज्याकेट

0
Shares

शिक्षा पन्त,लमजुङ ।

लमजुङको मध्यनेपाल नगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ लमजुङ शाखाका क्रियाशील पत्रकारलाई प्रेसज्याकेट उपलब्ध गराएको छ । जिल्लाका क्रियाशील ३५ जना पत्रकारलाई प्रेस ज्याकेट प्रदान गरिएको हो ।

प्रेस ज्याकेट मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले प्रदान गर्नुभएको हो । कोरोना संक्रमणको अवस्थामा समाचार संकलनमा सहज होस भनेर ज्याकेट उपलब्ध गराएको प्रमुख पाण्डेले बताउनुभयो ।

पत्रकारमार्फत नै समुदायमा सूचना प्रवाह हुने भएकाले पत्रकारको हितका लागि नगरपालिका सदैब सहयोग गर्न तयार रहेको मध्यनेपाल नगरपालिकाका प्रमुख पाण्डेको भनाई छ । उहाँले कोरोना संक्रमणको अवस्थामा आफु सरक्षित रहेर मात्र काम गर्न समेत अनुरोध गर्नुभएको ।