मल कालोबजारी गर्ने दाहाल १ लाख ७० हजार धरौटीमा रिहा

0
Shares

बुद्ध नेपाली,सिन्धुली ।

मल कालोबजारी गरेको र एक जिल्लाका लागि भनेर अनुदानमा आएको मल अर्कै जिल्लामा विक्री गरेको आरोपमा पक्राउ परेका सिन्धुलीका एक सहकारी संचालक धरौटीमा छुटेका छन् । मल कारोबजारी गरेको आरोपमा गत बैशाख २४ गते पक्राउ परेका कमलामाई नगरपालिका ६ रातामाटा स्थित जय बागवानी कृषी सहकारी संस्था लिमिटेडका संचालक डुकेन्द्र राज दाहाल १ लाख ७० हजार रुपैयाँ धरौटीमा छुटेका हुन् ।

दाहालले नेपाल सरकारले सिन्धुलीका किसानका लागि भनेर अनुदानमा पठाएको मल रामेछापको सरहकारीलाई विक्री गरेको र मूल्य वृद्धि गरेर मल विक्री गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गत बैशाख २४ गते पक्राउ गरेको थियो । दाहालले हिजो(बुधवार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा १ लाख ७० हजार रुपैया धरौटी तिरेर आज(विहीवार) छुटेको रिहा भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो ।

दाहालले सिन्धुलीका किसानलाई मात्रै भनेर अनुदानमा जय बागवानी कृषी सहकारीमा आएको ५० किलोको ८४० बोरा युरिया मल जिल्लाका कृषकहरुलाई बिक्री बितरण नगरी १७० बोरा युरिया मल प्रगतीशिल कृषी सहकारी संस्था रामेछाप खम्तीमा बिक्री बितरण गरेको पाइए पछि प्रहरीले पक्राउ गरेको थियो । दाहालले बाँकी रहेको ६७० बोरा युरिया मल समेत रामेछाप पठाउने तयारी गरिरहेको अबस्थामा ना ७ ख ९२४८ नम्बरको ट्रकबाट ४२० बोरा, ना ५ ख ५१९ नम्बरको ट्रकबाट २५० बोरा मल प्रहरीले बरामद गरेको थियो ।

त्यस्तै ना ७ ख ३६६७ नम्बरको ट्रकबाट २ बोरा एसएसपि (क्क्ए) सिङगल फोस्टेट नामक डि.ए.पि. मल ना ६ ख ७४७२ नम्बरको ट्रकबाट ५५ बोरा क्क्ए फोस्टेट नाम षि.ए.पि पनि रामेछाप पठाउने तयारी गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बरामद गरेको थियो । संचालक दाहालले मल खाध र बिभिन्न किटनाशक र किटनाशक औषधीहरुको समेत मुल्य बृद्धी गरेर कालोबजारी गरेकोले पक्राउ गरिएको प्रहरी नाउव उपरिक्षक खत्रीले बताउनुभयो ।