जर्बजस्ती करणीका अभियुक्तहरुलाई पुर्पक्षमा राख्ने आदेश

0
Shares

मोतीराम तिमल्सिना,काभ्रे ।

बालिका बलात्कार अभियोगमा लकडाउनको अवधीमा पक्राउ परेका एक बालक र दुई युवालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले पुर्पक्षमा राखी निरन्तर सुनुवाईमा राख्न आदेश दिएको छ । श्रेस्तेदार गोविन्द घिमीरेका अनुसार जिल्ला न्यायाधीश पुरुषोतम ढकालको इजलासले १६ बर्षिया बालिकालाई ललाई फकाई बलेरोमा लगेर जंगल पु¥याई बलेरो भित्रै जर्बजस्तिकरण गर्ने तीन जनालाई पुर्पक्षमा राखी निरन्तर सुनुवाई गर्ने आदेश गरेको हो ।

‘बालबालिकासँग सम्वन्धीत अभियोग भएकाले निरन्तर सुनुवाईमा राखी तत्कालका लागि पक्राउ परेका तीनै जनालाई पुर्पक्षमा राख्न आदेश भएको छ’–श्रेस्तेदार घिमिरेले भन्नुभयो–‘पक्राउ परेका मध्ये एक जना १८ बर्षका बालक भएकाले सुधार गृहमा पठाईएको छ भने अन्य दुई जना १९ बर्षका भएकाले कारागार पठाईएको छ ।’ लकडाउन र कोरोना भाईरसको महामारीका बीच जिल्ला अदालतले यस्ता मुद्दाहरुको निरन्तर सुनुवाई गरिरहेको श्रेस्तेदार घिमिरेले बताउनु भयो ।

२०७६ असोज १३ गते जिल्ला सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका २ स्थायी घर भई हाल काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नम्वर ६ हस्पिटल चोक बस्ने १६ बर्षिया बालिकालाई जर्बजस्ति करणी गर्ने मण्डनदेउपुर नगरपालिका वडा नम्वर ८ कुन्ताबेशी स्थायी घर भई हाल बनेपा नगरपालिका वडा १० थापागाउँ बस्ने १९ बर्षिय सविन गौतम, सिन्धुपाल्चोक जिल्ला साबिक महांकाल गाविस ९ हाल हेलम्बु गाउँपालिका वडा नम्वर ४ शेरा स्थायी घर भई हाल बनेपा नगरपालिका वडा नम्वर १० डेरा गरी बस्ने १९ बर्षिय सविन दुलाल र पनौती नगरपालिका वडा नम्वर ५ सुन्दरबस्ती बस्ने १८ बर्षिय बालकलाई पक्राउ गरी उनिहरुले प्रयोग गरेको बा ५ च ३८४९ नम्वरको बोलेरो प्रहरीले बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौडेलले लकडाउन कार्यान्वयनसँगै अपराध नियन्त्रणमा विशेष निगरानी बढाएको बताउनु भयो । चालु लकडाउनको अवधीमा प्रहरीले जर्बजस्ति करणी अभियोगमा फरार रहेका तीन ब्यक्तिलाई पक्राउ गरेको थियो भने दुई थान भरुवा बन्दुक नियन्त्रणमा लिएको थियो । साथै चोरी अभियोगमा केहि ब्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख एसपी पौडेलले जानकारी दिनु भयो ।

प्रहरी प्रमुख एसपी पौड्यालले अपराध नियन्त्रणका लागि प्रहरीले सबै तिर ध्यान दिई अनुसन्धान कार्यलाई तिब्र बनाईरहेको बताउनु भयो । ‘हाम्रो ध्यान लकडाउनमा मात्रै केन्द्रित छैन, समाजमा हुने हरेक खाले अपराध न्यूनिकरणमा केन्द्रित भएको छ’–उहाँले भन्नुभयो–‘त्यहि कारण ८ महिना पछि बलात्कारमा संलग्न अभियुक्तहरु पक्राउ परेका छन् ।’ बालिकालाई प्रलोभन देखाई बा.५.च ३८४९ नम्वरको बलेरोमा राखी धुलिखेलबाट बनेपा नगरपालिका स्थित काभ्रे क्याम्पस भन्दा माथी जंगलमा लगि गाडी भित्र नै जबरजस्ती करणी गरेका थिए ।

करणी पश्चात फरार रहेका युवाहरुलाई मुलुकी अपराध संहिता, २०७४ को करणी सम्बन्धी कसूर अन्तर्गत जबरजस्ती करणी (दफा २१९) अन्र्तगत २०७६ असोज १६ गते प्रहरीमा जाहेरी दर्ता भएको थियो । काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट असोज १७ गते नै पक्राउ अनुमती लिई खोजतलास गरिरहेको प्रहरीले लुकीछिपी बसी रहेको अवस्थामा उनिहरुकै निवासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले जानकारी दिनुभयो । घटना विवरण अनुसार बालिका धुलिखेलको एक विद्यालयमा कक्षा १० मा अध्ययन गर्दै थिईन् ।

सिन्धुपाल्चोक जिल्ला घर भई धुलिखेलमा जग्गा भाडामा लिएर तरकारी खेति गर्दै आएको उनको परिवारका सदस्यहरु मध्ये बाबु बैदेशिक रोजगारीको क्रममा विदेशमा छन् । २०७६ असोज १३ गते साँझ धुलिखेल बजारमा साग बेच्न आउने क्रममा चिनजानका सविन गौतम गाडी लिएर आउँदै गरेको उनले देखिन् । सविन सवारी चालक हुन् । उनैले चलाएको बलेरोमा उनलाई घरमा पु¥याई गाडी भित्रै जर्बजस्ति करणी गरे ।

सविनले जर्बजस्ति करणी गरे लगत्तै सविन दुलाल र सन्देश थापा आए । उनिहरुले पनि जर्बजस्ति करणीको प्रयास गरे पनि बालिका चिच्चाएकाले सफल हुन सकेनन् । तर उनिहरुले घटनाका बारेमा कसैलाई केहि नभन्नु भन्दै धम्क्याए । बालिकालाई धुलिखेलमा नै ल्याएर छाडिदिए । त्यसको केहि दिन पछि असोज १६ गते मात्रै बालिकाका आफन्तहरुले प्रहरीकोमा उजुरी दिए । तर उनिहरु फरार थिए । प्रहरीले लकडाउनलाई अपराध नियन्त्रण गर्ने उदेश्यले उनिहरुलाई फलो गर्दै घरबाटै पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरिक्षक कुमार विक्रम थापाले जानकारी दिनु भयो ।

अदालतलाई स्वास्थ्य सामाग्री

काभ्रे उद्योग बाणिज्य संघले सेवाग्रहीहरुको सहजताका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । जिल्ला न्यायाधीश पुरुषोतम ढकाल, श्रेस्तेदार गोविन्द घिमिरेलाई नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारी सदस्य सुरकृष्ण बैद्य, जिल्ला अध्यक्ष प्रकाश मानन्धर, महासचिव कैलाश पलाञ्चोकेले थर्मल गन एक थान, माक्स, सेनिटाईजर र ग्लोब्स उपलब्ध गराउनु भएको हो । विपदको अवस्थामा स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा अदालतले उद्योग बाणिज्य संघलाई धन्यवाद दिएको छ भने ब्यवसायीहरुले सहकार्य गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।