नवलपरासी पूर्वमा पनि एक संक्रमित

0
Shares

घनश्याम बगाले,नवलपरासी ।

पूर्वि नवलपरासीमा पनि पहिलो पटक ४९ वर्षीय पुरुषमा कोभिड १९ संक्रमण पुष्टी भएको छ । भरतपुरमा रहेको कोभिड प्रयोगशालामा बुधबार लिइएको नमूना स्वाव परीक्षणमा उहांमा कोभिड १९ संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताउनु भयो । जिल्लाको देवचुली नगरपालिका १२ निवासी उहांमा संक्रमण देखिएको पुष्ठी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहिबार दिउसो विज्ञप्ती मार्फत सार्वजनिक गरेको हो ।

संक्रमणको रिपोर्ट सार्बजनिक भए अनुसार पूर्वि नवलपरासीका उहां जिल्लाको पहिलो र देशको २ सय ४६ सौं कोभिड १९ सक्रमित हुनुहुन्छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार सामान्य अवस्थाका उहांलाई भरतपुर कोरोना विशेष अस्थाई अस्पतालकै आईसोलेसनमा स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा राखिएको छ ।

बताइए अनुसार उहां देशमा लकडाउन सुरुहुनु भन्दा केहि दिन अघि भारतको कलकत्ता गएर रक्सौला नाका हुदै मंगलबार नेपाल फर्कनु भएको थियो ।
नेपाल फर्कने क्रममा कलकत्ता वानबाट ट्रक चढी उहां रक्सौल नाकामा झरेको र त्यहाबाट बीरगंज आई ना ३ ख २६२० नम्वरको ट्रकैबाट राती १० बजे भरतपुर आउनु भएको थियो ।

बीरगंजबाट आउने क्रममा उहांले घरमा फोन गरेको र आफ्नै वडाध्यक्ष समेतको सल्लाहमा स्वास्थ्य परीक्षणका लागि बाटो मै पर्ने चितवन स्थित भरतपुर अस्पताल पुगेको बुझिएको छ । यसरी नगर निवासीमा कोरोना संक्रमणको पुष्ठी भएसंगै स्थानीय देवचुली नगरपालिकाले विज्ञप्ती निकालेर आफ्ना १७ वटै वडामा स्वास्थ्य तथा सुरक्षा सतर्कता बढाएउदै नगरबासीलाई संयमित रहन आह्वान गरेको छ ।

नगरपालिकाले अर्को पत्र लेखेर आफ्नो नगरमा आउदो जेठ ५ सम्मका लागि बैंक, बचत लगायतका वित्तीय संस्था ,खानेपानी, सामुदायिक वन र सवै गैह्र सरकारी संघ संस्था बन्दका लागि अनुरोध गरेको छ । साथै नगरपालिकाले लकडाउनमा थप कडाई गर्दै बाहिरबाट नगर भित्रने जो कोहीको वडा मार्फत कार्यालयमा जानकारी गराउन र आफ्नो क्षेत्रमा पूर्ण निगरानी राख्न भनेको छ ।