एक सय किलोग्राम चरेस सहित दुई पक्राउ

0
Shares

न्युज अफ नेपाल,धादिङ ।

गजुरी गाउँपालिका वडा नम्बर ६ दरिङ्गाल खोलाबाट प्रहरीले २ जनालाई पक्राउ गर्दै उनीहरुको साथबाट एकसय कलोग्राम प्रतिबन्धीत लागु औषध चरेस बरामद गरेको छ ।

गजुरी गाउँपालिका वडा नम्बर २ बस्ने ३७ बर्षिय टेक बहादुर तामाङ र सोहि स्थानमा बस्ने २६ बर्षिय विशाल तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी रुपक खड्काले बताउनुभयो ।

प्रहरीले ग्राहक बनेर अडर गरे अनुसार बैशाख ३१ गते राती एघार बजे २ वटा मोटरसाईकलमा चरेश विक्रि गर्न आदमघाट तर्फ आउदै उनीहरु दरिङ्गालखोलामा पक्राउ परेका थिए।

चरेस सँगै उनीहरुले प्रयोग गरेका बा ९७ प ४९९९ र प्रदेश नम्बर ३-०२-०११ प ७४५८ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।