खाली जमिन बाँझो नराख्न कृषि कार्यालयको अनुरोध

0
Shares

बासुदेव शर्मा,जाजरकोट ।

कृषि विकास कार्यालय, पशु सेवा कार्यालय जाजरकोटले बाँझो जमिनमा मकै रोप्दै किसान दिवस मनाएको छ । जमिन बाँझौ नराखौ, सक्नेलाई खेति गर्न दिऔ, भन्ने नाराका साथ खाद्यय सुरक्षाका लागी उत्पादन विशेष अभियान अन्तर्गत भेरी नगरपालिका १२ वरेलामा बाँझो जमिनमा मकै रोपी किसान दिवस मनाईएको हो ।

कोरोना भाईरस कोभिड १९ को संक्रमण वढि रहेका वेला खाद्यय सुरक्षाको अभाव पर्ने अवस्था सिर्जन भएपछि नागरिकको सवै पेशा भन्दा उत्तम र जेठो पेशाका रुपमा परिचित हुदै आएको कृषि पेशाबाट किसानलाई आत्म निर्भर गराउन कृषि व्यवसायीमा उत्प्रेरण दिनको लागी बाँझो जमिन नराख्ने उद्धेश्यले मकै रोप्दै किसान दिवस मनाईएको हो ।

कृषि विकास कार्यालय जाजरकोटका प्रमुख गणेश बहादुर अधिकारीले मन्त्रालयको निर्देशन अनुसार किसान दिवस मनाउन लागेको बताउदै कृषि पेशा मार्फत आत्म निर्भर गराउन जमिन वाझो नराखी कृषि पेशालाई जोड दिन प्रमुख अधिकारीले आग्रह गर्नु भयो । देशमा महामारीको रुप लिदै गरेको कोरोना भाईरसका कारण रोग सगसगै गरिवी भोकमारीको समस्या पर्ने भएकोले पेशाहरुमा सर्वश्रेष्ठ मानिएको कृषि पेशालाई निरन्तरता दिन बाँझो जमिनमा खेतिपाती गर्न प्रमुख अधिकारीले आग्रह गर्नु भयो ।

कोरोना कहरका कारण देश नै लक डाउन भएको अवस्थामा नागरिकहरुको मुख्य पेशाका रुपमा रहेको कृषि पेशालाई निरन्तरता दिदै कृषि पेशाले नै किसानलाई आत्म निर्भर गराउने बताउदै बाँझो जमिनमा खेति गर्न किसानलाई हौसला प्रदान गरी खाद्यय वस्तुमा आत्म निर्भर गराउन दिवस मनाउन लागेको भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकास घर्तिले वताउनु भयो ।

भेरी नगरपालिका भित्र बाँझो जमिन धेरै भएको वताउदै धान,मकै लगाएत अन्य वाली लगाएर आय आर्जनमा बृद्धि गर्न किसानलाई सुझाव दिनु भयो । विउ विजनको समस्या भएको खण्डमा भेरी नगरपालिका कृषि विकास शाखा र कृषि विकास कार्यालय जाजरकोटसग सहकार्य गरि विउ विजन माग गरी खाद्यय वस्तु उत्पादनमा बृद्धि गर्न आग्रह गर्नु भयो । आगामी वर्ष कृषिका क्षेत्रलाई मुख्य प्राथमिकता दिएर वजेट विनियोजन गर्ने वताउनु भयो ।

कर्णाली प्रदेशका माननीय कौशिला खत्रीले कोरोना भाईरसका कारण देश आर्थिक संकटमा पर्ने अवस्था सिर्जन भएकोले किसानले बाँझो जमिनमा खेति शुरु गरि खाद्यय संकटलाई निवारण गर्न आग्रह गर्नु भयो । कर्णाली प्रदेश सरकारले कृषि पेशामा संलग्न हुने युवा युवती लगाएत किसानलाई विशेष प्राथमिकता दिने वताउनु भयो । बाँझो जमिनमा हराभरा गराउने काम तपाईहरुको हो आवश्यक सामाग्रीको व्यवस्था हामी गर्छौ ।

अर्गानिक कृषि उत्पादनका लागी खेति गर्न आग्रह गर्नु भयो । विदेशबाट स्वदेश फर्केका युवाहरुलाई कृषि र पशु पालनका क्षेत्रमा कर्णाली प्रदेश सरकारले विशेष सहयोग गर्ने वताउनु भयो । जिल्ला समन्वय समितिका संयोजक मन बहादुर रावलले पेशा व्यवसायहरुमा सवै भन्दा पहिलो पेशा कृषि पेशा भएकोले किसानहरुले जमिन बाँझो नराख्न आग्रह गर्नु भयो ।

कृषि पेशालाई निरन्तरता दिईरहेका किसानहरुको समस्याका विषयमा सहकार्य समन्वय गर्ने वताउनु भयो । कर्णाली प्रदेशका माननीय कौशिला खत्री ,जिल्ला समन्वय समितिका सयोजनक मन बहादुर रावलले मकैको विउ, जैविक मल छरेर दिवसको उदघाटन गर्नु भएको थियो । प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रहरी प्रमुख किशोर कुमार श्रेष्ठ सशत्र प्रहरी प्रमुख यज्ञ वस्नेत लगाएत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।