कोरोना परिक्षणको दायरा बढाईँदैछ : डा. देवकोटा

0
Shares

न्यूज अफ नेपाल,काठमाडौ ।

नेपालमा कोरोना संक्रमितको संख्या ह्वातै बढेसँगैे उच्च जोखिम रहेका २८ जिल्लामा सरकारले परीक्षणको दायरा बढाएको स्वास्थ्य मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङ कार्यक्रममा जानकारी गराईयो । परिक्षणको दायरा बढाईएका क्षेत्रहरुमा प्रदेश १, २, ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न २८ जिल्ला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना परीक्षण साम्रगी र स्वास्थ्यकर्मीलाई हवाई तथा स्थलमार्गबाट समन्धित क्षेत्रमा पठाउने काम भैसकेको पनि उहाँले जानकारी गराउनुभयो ।स्वास्थ्यकर्मी लगायत १४ हजार ७ सय आरडिटी, ७ हजार भिटिएम, र पिपिई लगायतका सुरक्षा साम्रगी समेत पठाइएको उहाँले जानकारी गराउनुभयो ।

‘परीक्षण दायारा बढ्दै गएको छ’, डा. देवकोटाले भने, ‘कोरोना संक्रमण क्षेत्रमा परीक्षणलाई व्यापक बनाउँदै जानेछौ।’ हालसम्म २२ हजार ६ सय ६४ नुमना परीक्षण भएकोमा २ सय ४६ जना संक्रमित फेला परेका छन् ।