खोटाङमा लकडाउन उल्लंघन गर्नेलाई सडकमा २ घण्टा उभ्याईयो

0
Shares

रामधन राई,खोटाङ ।

जेठ–१, खोटाङमा लकडाउनलाई थप कडा वनाउँदै उल्लंघन गरी हिँडडुल गर्नेलाई बिच सडकमा उभ्याउन थालिएको छ । नेपालमा पनि कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि थप सतर्कता अपनाउँदै लकडाउन उल्लघंन गर्नेलाई प्रहरीले सडकमा उभ्याउन थालेको हो ।

विहीबार विहान दिक्तेलस्थित त्रिवेणी चोकमा २० जना र वेसक्यापमा ५ जनालाई २ घण्टा सडकमा उभ्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरियाले वताउनुभयो । बन्दाबन्दी उल्लघंन गरेका उनीहरुलाई २ घण्टा उभ्याएर सचेतना दिइएको चिमरियाको भनाई छ ।

उनीलाई समाजिक दुरी कायम गर्ने, लकडाउन आफैमा परिपालना गर्ने गराउने, जथाभावी हिडडुल नगर्ने, सुरक्षित रहने लगायतका विषयमा सचेतना दिइएको डीएसपी चिमरियाले जनाउनुभयो । पछिल्लो समय मानिसले अटेर गरि लकडाउन उल्लघंन गरेपछि प्रहरी ‘एक्सन’मा उत्रिएको हो । प्रहरीले लकडाउनमा अत्यावश्यक काम बाहेक बाहिर निस्कन, हिडहुल नगर्न र अत्यावश्यकबाहेका पसल नखोल्न सर्वसाधरणलाई आग्रह गरेको छ ।