विपन्न तथा दलित परिवारलाई पहिलो प्राथमिकतामा राखेर राहत वितरण सुरु

0
Shares

सुभेन्द्र दास ,लहान ।

बिश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउनमा छाक टार्न समस्या भएका अति बिपन्न परिवारहरुलाई गाउँपालिकाले राहत सामग्री बितरण गर्ने भएको छ । सिरहाको भगवानपुर गाउँपालिकामा आजदेखी राहत वितरण कार्य सुरु गरिएको हो।

आज वडा ३ र ५ का ३०० दलित घरपरिवारहरुलाई राहत वितरण गरिएको हो ।गाउँपालिकामा दलित, अति विपन्न परिवारहरुलाई पहिलो प्राथमिकता दिई राहत वितरण कार्य सुरु गरेका हुन् ।भोलि वाडा ३ र ५ मा राहत वितरण कार्य पुरा गरि वाडा नम्बर १,२ र ४ मा पनि राहत वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादवले बताउनुभयो ।

राहत वितरण सामग्रीमा गुणस्तरीय चामल २५ किलो, दाल २ किलो , नुन १ किलो र तेल १ लिटर गरि वितरण गरेको गाउँपालिकाको अध्यक्ष श्री बेचन प्रसाद यादवले बताउनु भयो । राहत लिने लक्षित वर्गहरुले राहत ढिलो भएपनि गुणस्तरीय र राम्रो प्यकेज पाएकोमा खुशी व्यक्त गरेका हुन। सामाजिक दुरीलाई विशेष ध्यानमा राखि राहत वितरण गर्ने प्रक्रिया मिलाईएको थियो ।

जनतालाई राहत लिन समस्या हुन नदिन वितरण स्थलमा सम्पूर्ण व्यवस्थापन मिलाएका थिए । सबैले सहयोग तथा समन्वय गरि वितरण कार्यलाई सहज बनाउन सम्पूर्ण जन समुदायिलाई अध्यक्षले आग्रह गरेका हुन । पहिलो चरणको राहत वितरण कार्य समापन पछि अरु गरिब , असहाय बिपन्न परिवारहरुलाई गाउँपालिकाको अध्यक्षसंग समन्वय गरि राहत वितरण गरिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादवले जानकरि दिनुभयो