परशुराम नगरपालिकाको क्वारेन्टाइनमा बसेका ३४ जनालाई घर पठाईयो

0
Shares

राम धामी,डडेल्धुरा ।

डडेल्धुराको भित्रिमधेस क्षेत्रमा पर्ने परशुराम नगरपालिकाले क्वारेन्टाइनमा बसेका ३४ जनालाई घर पठाएको छ । जोगबुडास्थित त्रिवेणी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका ३४ जनालाई बिहीबार नगरपालिकाले घर पठाएको हो । उनीहरूको कोरोना भाइरस परिक्षणका क्रममा पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृति तारानाथ पनेरूले जानकारी दिए ।

परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएपछि नगरप्रमुख भीमबहादुर साउद, उपप्रमुख कलावती बोहरालगायतको टोलीले सम्झाइबुझाइ गर्नुकासाथै उनीलाई तोकिए बमाजिम सेल्फ क्वारेन्टाइनमा बस्ने शर्तमा घर पठाइएको उनले जानकारी दिए ।

भारतीय सिमावर्ती महाकाली नदी तरेर परशुराम नगरपालिका छिरेका केही व्यक्तिलाई क्वारेन्टाइन बसेको १४ दिन नपुगे पनि पीसीआर रिपोर्ट ‘नेगेटिभ’ आएपछि उनीहरूलाई पनि घर पठाइएको हो । प्रमुख प्रशासकीय अधिकृति पनेरूका अनुसार ३४ जनालाई घर पठाएसँगै अब क्वारेन्टाइनमा २६ जना रहेका छन् ।
भित्रिमधेस क्षेत्रमा दिनहु भारतबाट महाकाली नदी तरेर चोरीछिपी स्वदेश फर्किने नेपालीहरुको संख्या बढ्दै गएको छ । लामो समयदेखि भारतीय सिमावर्ती सहरहरुमा क्वारेन्टाइनमा राखिएका नेपालीहरुलाई भारत सरकारले दशगजा क्षेत्रमा छोडन थालेपछि अलपत्र परेका उनीहरुलाई परशुराम नगरपालिकाले उद्धार गरेर क्वारेन्टाईनमा राखिएको नगरप्रमुख भिमबहादुर साँउदले बताए ।

हाल क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको किट अभावका कारण कोरोना परिक्षण हुन नसक्दा उनीहरुलाई क्वारेन्टाईनमै राखिएको परशुराम नगरपालिकाले जनाएको छ ।