भीम अस्पताललाई होटेल व्यवसायी रायमाझीले दिए स्वास्थ्य सामग्री

0
Shares

यमलाल भुसाल,बुटवल ।

नोभल कोरोना भाइरस पोजिटिभ देखिएका विरामीको उपचार शुरु भएको भैरहवाको भीम अस्पताललाई युवा होटेल व्यवसायी सुनिल रायमाझीले स्वास्थ्य सामग्री सहयोग स्वरुप प्रदान गर्नु भएको छ् । होटल निर्वाणका अध्यक्ष समेत रहेका रायमाझीले स्वास्थ्य कर्मिको प्रयोजनार्थ ५ थान पिपीई, एक हजार थान मास्क, एक थान थर्मगन र ग्लोब्स सहयोग स्वरुप प्रदान गर्नु भएको हो ।

अस्पतालको सेवालाइ प्रभावकारी बनाउन युवा व्यवसायी रायमाझीले दिएको सहयोग उल्लेखनीय रहेको स्वास्थ्य सामाग्री ग्रहण पश्चात अस्पताल सन्चालक समिती सदस्य समेत रहेका सिद्धार्थनगरका प्रमुख हरि प्रसाद अधिकारीले बताउनु भयो । उहाँले भन्नु भयो ‘यो महामारी विरुद्धको युद्धमा  सबैको एकता जरुरी छ । सबैको सहयोगले नै कोरोनालाई जित्न सकिन्छ ।

प्रदेश कोरोना विशेष अस्पतालको रुपमा सन्चालन भएको उक्त अस्पतालमा काम गर्ने स्वास्थयकर्मिको प्रयोजनार्थ आफुले उक्त सामग्री प्रदान गरेको व्यवसायी रायमाझीले बताउनु भयो ।  सामाजिक उत्तरदायित्व अन्र्तगत आफुले सकेको सहयोग गरेको रायमाझीले बताउनु भयो । भविश्यमा अझै आवश्यक भए सहयोग गर्न अझै तयार पनि उहाँको कथन रहेको छ । ’

कोरोनाकोलागि २८ बेड सन्चालनमा  रहेको उक्त अस्पतालमा हाल १९ जना कोरोना पोजिटिभ देखिएका विरामीको उपचार भईरहेको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्ययले बताउनु भयो । रुपन्देही जिल्लाको सबैभन्दा पुरानो अस्पताल भीम अस्पताल भैरहवालाई कोरोना भाइरस पोजिटिभ देखिएको विरामीलाई उपचार गर्नेगरी कोरोना विशेष अस्पतालको रुपमा सन्चालन गरिएको हो ।

उक्त अस्पतालमा कोरोना रोग लागेका विरामीकोलागि विशेष उपचार कक्ष सन्चालन गरिएको छ ।  तीनवटा भेन्टिलेटर सहित ५ बेड आईसीयु रहेको उक्त अस्पतालमा ३० जना स्वास्थयकर्मिले सेवा दिईरहेका छन् । कोरोना विशेष अस्पताल सन्चालनकोलागि प्रदेश सरकारका सामजिक विकास मन्त्री सुदर्शन बरालले यतिबेला भीम अस्पतालको संयोजन गरिरहनुभएको छ ।