अस्पताल भरिएपछि कोरोना पीडितलाई बिद्यालयको बास

0
Shares

कृष्णउदास,खनाल ।

वीरगन्ज, पर्साको वीरगन्जस्थित नारायणी अस्पताल भरिएपछि १६ जना कोरोना संक्रमितलाई सिद्धार्थ माध्यमिक विद्यालयमा राखिएको छ । मंगलबार र बुधबार राति थपिएका संक्रमितलाई विद्यालयमा निर्मित सेमीआइसोलेसन वार्डमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

नारायणी अस्पतालमा बेड अभाव भएपछि मंगलबार राति थपिएका १८ जनामध्ये १३ जनालाई बुधबार राति मात्रै विद्यालयको आइसोलेसन कक्षमा ल्याइएको थियो । संक्रमित पुष्टि भएको २४ घण्टा बित्दा समेत उनीहरू घरमै बसेका थिए । बुधबार राति थपिएका तीन जनालाई पनि विद्यालयको आइसोलेसन कक्षमा ल्याइएको उहाँले बताउनुभयो । बुधबार राति थपिएका ३ जना वीरगञ्ज महानगरपालिका १६ इनरुवाका ७४ वर्षीय पुरुष, मुर्लीका १५ वर्षीय युवक र एक जना ३६ वर्षीया स्वास्थ्यकर्मी रहेका छन् । अस्पतालको पेडियाट्रिक वार्डमा कार्यरत नर्स पछिल्लो समय कोरोना संक्रमितको उपचारमा संलग्न हुँदै थिइन् ।

प्रदेश २ को नारायणी अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले विद्यालयमा दुई सय बेडको सेमीआइसोलेसन वार्ड बनाउने निर्णय भएको थियो ।नारायणी अस्पतालमा अहिले ७० जना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

यसैबीच बुधबार बेलुकी संक्रमणको पुष्टि भएका वीरगन्जका ३ जनामध्ये एकजना नारायणी अस्पतालमा कार्यरत ३६ वर्षीया स्टाफ नर्स हुन् । अस्पतालको पेडयाक्ट्रिक विभागमा कार्यरत उनी नारायणी अस्पतालको आइशोलेशन वार्डमा उपचाररत कोरोना संक्रमितहरुको उपचारमा बैशाख १४ गतेदेखि एक हप्ता खटिएकी थिइन् । त्यसपछि भने उनी होम क्वारेन्टाइनमा बसेकी थिइन् ।

सहायक प्रजिअ बस्नेतका अनुसार बुधबार बेलुकी ती स्टाफ नर्ससंगै वीरगन्ज मुर्लीका १५ वर्षीय एक किशोर र वीरगन्ज १६ इनर्वाका ७४ वर्षीाय वृद्ध पुरुषमा संक्रमण भेटिएको हो । योसंगै पर्सा जिल्लामा संत्रमितको संख्या ८५ पुगेको छ । बुधबार बेलुकी संक्रमण पुष्टि भएका तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको नारायणी अस्पतालका चिकित्सक डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो ।