सांसद गिरीले दिए उपचार गर्न पर्वत अस्पताललाई ३ महिनाको तलब

0
Shares

न्युज अफ नेपाल,पर्वत ।

नेकपाका सांसद पदम गिरीले कोरोना संक्रमितको उपचारका लागि ३ महिना बराबरको तलब पर्वत अस्पताललाई सहयोग गरेका छन । साँसद गिरीले यस अघि नै घोषणा गरेको तीन महिनाको तलब बराबरको १ लाख २६ हजार पर्वत जिल्ला अस्पतालको खातामा जम्मा गरेका हुन् ।

साँसद गिरीले घोषणा गरेको रकम पर्वत अस्पताल मार्फत खर्च गर्ने जिल्ला कमाण्ड पोष्ट पर्वत र कोभिड संक्रमण नियनत्रण समिति ९सिसिएमसी०ले निर्णय गरेपछि पर्वत अस्पतालको खातामा बुधबार रकम जम्मा भएको छ ।

नेकपा पर्वतका अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य गिरीले आइसोलेसन वार्ड स्थापना गरी पर्वत जिल्लामा कोरोना रोगको उपचारका लागि ३ महिनाको तलब घोषणा गरेका थिए । अस्पताललाई तीन महिनाको तलब रकम सहयोगको घोषणा गर्ने साँसदमा गिरी पहिलो ब्यक्ति हुन् ।

जिल्ला अस्पतालले कोरोना रोगको उपचारका लागि अस्थायी कोरोना अस्पताल समेतको स्थापना गरेको छ । पर्वत जिल्लाबाट प्रतिनिधि सभामा प्रत्यक्ष तर्फका विजयी सांसद गिरीले आफूलाई मतदान गर्ने जनतालाई कोरोनाको उपचारका लागि आफूले सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो ।
गिरीले कोरोना विरुद्धको लडाईमा सवै जना होम क्वारेन्टाइनमा बसेर सहयोग गर्न पर्वतबासीलाई आब्हान समेत गर्नुभएको छ।