लिपुलक कालापानी फिर्ताको माग गदैं ओली र मोदीको एक साथ पुत्ला दहन

0
Shares

दयाराम पण्डित,बाजुरा ।

भारतले नेपाली भुमी लिपुलेक,लिम्पियाधुरा,कालापानी क्षेत्रको जमिन अतिक्रमण गरी चीनको मनसरोबर जाने बाटो निर्माण गरेको भन्दै नेबि संघ बाजुराले सदरमुकाम मार्तडीमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक साथ पुत्ला दहन गरेको छ । भारतीय बिस्तारवाद मुर्दावाद, नेपालको अतिक्रमण भुमी फेर्ता गर । भारत र चिनले ठुल्दाई प्रबित्ती देखाउन पाइदैन । कालापानीबाट भारतीय सिमासुरक्षा कर्मी फेर्ता गर जस्ता नारा लेखेर ब्यानर प्लेकार्ड सहित कपालमा कफन बांधेर बाजुरा नेबिसंघ आन्दोलनमा उत्रेको हो । नेबिसंघले बुधबार दिउसो बजार परिक्रमा गरेपछि जिल्ला प्रशासन कार्यालय बाजुरामा केहीसमय सम्म धर्ना दिएका हुन् ।

उक्त बिरोध प्रदशनमा भारत र चिन ठुला रास्ट्र हुन तर हाम्रो राष्ट्रियता भन्दा माथि होईनन भन्दै दास प्रवृत्ति नदेखाउन त्रिभुवन विश्वविद्यालय समिति सचिव योगेन्द्र रावलले आग्रह गर्नु भयो । नेता रावलले नेपाली जनता कसैको दास नभएको भन्दै आवश्यक परे युद्धको जेहात क्षेड्न तयार रहेको बताउनु भयो्र भारत र चिनले ठुल्दाई प्रवृत्ति देखाएको भन्दै रावलले मोदि र सिजिपिङ को कान्छो भाइ नबन्न प्रधानमन्त्री ओलिलाई आग्रह गर्नुभयो । उक्त धर्ना जुलसमा जिल्ला स्थित नेवि संघका नेता जनक थापा, दिलबाहादुर थापा, भरतबुढा, तपेश रावल, समीर थापा र रुगम थापालगायतका बिद्यार्थी नेताको उपस्थिती रहेको थियो ।

सामाजिक दुरि कायम गर्दै शान्तिपूर्ण रुपमा मौन प्रदर्शन गरेको छ्र । राष्ट्रको भुमी बचाउन नेपाल बिद्यार्थी सघ जस्तोसुकै परिस्थितीको सामान गर्न तयार रहेको नेबिसंघ नेता तपेश रावलले बताए । विश्व कोराना संक्रमणको वेला स्वास्थ्य संगठन र स्थानीय प्रशासानले लागू गरेको सुरक्षा अबस्थालाई मध्यनजर गर्दै सामाजकि दुरीका साथ शान्तीपूर्ण आन्दोलन गरेका छौं । हाम्रो राष्ट्र हितको आन्दोलनलाई अन्यथा नसम्झन आग्रह गर्दछौं विद्यार्थी नेताले भनेका छन् ।

नेविसँघले प्रमुख जिल्ला अधिारी गंगाप्रसाद न्यौपाने मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र समेत बुझाएको थियो । मंगलबार सँंझ नै सदरमुकाम मार्तडीमा रांकेजुलुस सहित विरोध पर्दशन गरेका थिए । विरोध स्वरुप भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री के पि शर्मा ओलीको पुत्ला दलहन गरेका थिए । उक्त जुलुसलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा नेबिसघका नेता तपेस रावल ,गोरख थापा ,अनिल शिह लगायतका नेता कार्यकर्ता समेत समान्य घाइते भएका थिए ।