सीमावर्ती सुनौली नाकाबाट ५१० नेपालीको उद्धारपछि नेपालको क्वारेन्टाईमा

0
Shares

यमलाल भुसाल,बुटवल।

भारतको विभिन्न प्रान्तमा रहेका र नेपाल आउन रुपन्देहीको सीमा नाका सुनौलीमा रहेका ५१० जनालाई बुधवार नेपाल ल्याईएको छ । भारतको नौतनहवाको क्वारेन्टाईनमा रहेका नेपालीलाई रुपन्देहीको प्रशासन र स्थानिय तहको रोहवरमा नेपाल ल्याई स्थानिय तहले वनाएको क्यारेन्टाईनमा राख्ने व्यवस्था मिलाईएको छ ।

भारतको क्वारेन्टाईनमा निधारित समय वसेका तर पीसिआर टेष्ट नगरेकाले उनिहरुलाई नेपाल ल्याई क्वारेन्टाईमा राखी उनिहरुको पीसिआर टेष्ट गर्ने व्यवस्था स्थानियतहले गर्ने भएको छ । उनिहरुको पीसिआर टेष्ट गरि नेगेटिभ भएकालाई उनिहरुको सम्बन्धी जिल्ला गाउँमा पठाउने र पोजेटिभ आएकाको कोरोना अस्पतालमा उपचार गराउने व्यवस्था मिलाउने भएको छ ।

तिलोत्तमा नगरपालिकाकका प्रमुख वासुदेव घिमिरे र सिद्धार्थ नगरपाकिाका प्रमुख हरि प्रसाद अधिकारी नेपालीलाई लिन सीमावर्ति क्षेत्रमै पुग्नु भएको थियो । यसरी बुधवार तिलोत्तमा नगरपालिकाले २३३ जना र सिद्धार्थ नगरपालिकाले २७७ जनालाई नेपाल ल्याएर आफनो क्वारेन्टाईनमा राखेको तिलोत्तमा नगरपालिाका प्रमुख वासुदेव घिमिरेले बताउनु भयो ।

नेपाल ल्याइएकाहरु विभिन्न जिल्लाका रहेका छन । यस संगै सीमानाका सुनौलीमा अझै १५ सय बढी नेपाली रहेका छन । यसरी सीमामा रहेका नेपालीलाई नेपाल भित्रयाउन शुरु गरेसंगै बैधानिकवाटो खुलेको छ । जसले गर्दा चोरीवाटो नेपाल आउने क्रम रोकिने र उनिहरुलाई क्वारेन्टाइमा राखी जाँच गर्न पनि सहज हुने भएको छ । मंगलवार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा वसेको बैठकले सीमामा रहेका नेपालीलाई स्थानियतहले व्यवस्थापन गर्ने गरि नेपाल ल्याउने सहमती भएको थियो ।