भीरकोटका सामुदायिक विद्यालयका शिक्षकहरुद्वारा प्रकोप व्यवस्थापन कोषमा ७ लाख ५० हजार प्रदान

0
Shares

भूपराज बस्याल,स्याङ्जा ।

कोरोना भाइरस कोभिड १९ का कारण प्रभावित भीरकोट वासीहरुको लागी राहत होस भनी विभिन्न संघ संस्थाहरुले राहत रकम दिनेहरुको क्रम जारी रहेको छ । विश्वभरी माहामारीको रुपमा फैलिएको भाइरसको संक्रमण वाट वच्न नेपालमा गरिएको लकडाउनबाट प्रभावित अति विपन्न भीरकोट वासी र कर्म गर्नको लागी भीरकोटमा आएर वसेका अन्यहरुलाई राहत होस भनेर भीरकोट नगरपाकिलाका सामुदायिक दरवन्दी शिक्षकहरुको ३ दिनको तलव भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी रु ७ लाख ५० हजार नगर प्रमुख छायाराम खनाललाई प्रदान गर्नुभएको छ ।

भीरकोट नगरपालिका वडा न ५ निवासी हाल रोजगारीको शिलशिलामा दुवईमा कार्यरत मानसि कुवँरले आफ्नो धर्मपत्नी पवित्रा कुवँर मार्फत प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी रु १५ हजार र भीरकोट नगरपालिका वडा न ९ मा रहेको विशाल विकास आमा समुहले १० हजार १० नगरप्रमुख छायाराम खनाललाई प्रदान गर्नुभयो ।

भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने रकम वुझ्दै प्रमुख खनालले कोभिड १९ का कारण लकडाउन पालना गर्दै आएका अति प्रभावित भीरकोट वासीलाई नगरपालिका एकले मात्र उनिहरुको समस्या सामाधान गर्न नसक्ने भएकाले सवै नगर भित्रका सरोकारवालाहरुको उत्तिकै आवश्यक रहेकाले सवैले प्रकोप व्यवस्थापन कोषमा जे सकिन्छ त्यही सहयोग गर्नु पर्ने अवस्था आइपरेको भन्दै प्रमुख खनालले नगरपालिकाको ९ वटै वाडका अति विपन्न ज्यालादारी गरी गुजारा गर्दै आएका १४ सय घरपरिवारलाई दोस्रो चरणको राहत सामाग्री वितरण गर्ने कार्य सम्पन्न भएको भन्दै प्रमुख खनालले अझै पनि साँझ विहान खाना खान नपाएको अवस्था छ भने सम्वन्धीत वडा अध्यक्ष संग सम्र्पक गरी सिफारीस सहित नगरपालिका आउन समेत आग्रह गर्दै राहत कोषमा सहयोग जम्मा गर्नुहुने संघ संस्थाका महानुभावहरु लाई धन्यवाद व्यक्त गर्नुभयो ।

हाल सम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न र नगद गरी २४ लाख ९३ हजार ३ सय ६७ रुपैया जम्मा भएको भन्दै नगर प्रवत्ता दिपेन्द्र केसीले लकडाउन वाट प्रभावित भीरकोटवासीलाई सहयोग गर्न मेगा वैक लिमिटेड वयरघारीमा रहेको भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोष नामको खातामा रकम जम्मा गरी भौचर नगरपालिकामा ल्याउनको लागी आग्रह गर्नुभयो ।