दलित सुकुम्वासीले राहत पाएनन्, सडेको चामल खान योग्य छैन

0
Shares

सुभेन्द्र दास,लहान ।

कोरोना भाइरसको कारण ५० दिनदेखि लकडाउन जारी छ । गरिब, दलित, विपन्नवर्गको लागि स्थानीय तहले राहतको व्यवस्था गरेका छन् छ । सम्भवत पहिलो चरणको राहत अधिकाँश स्थानीयतहले वितरण गरिसकेका छन् छ ।

लहान नगरपालिकाले दूई सत्ता अगाडि नै राहत वितरण गरिसकेको छ । तर, लहान २४ गोविन्दपुरमा सयौ दलित, गरिब, विपन्नवर्ग, सुकुम्वासीले राहत पाएका छैन । लहान २४ वडाका केही व्यक्तिलाई ढिलो राहत दिएपनि २० किलो चामल बाहेक अरु केही नपाएको गुनासो छ । त्यसमा पनि सडेको चामल दिएकोले खाने योग्य नरहेको रामकली पासमान बताइन् ।

पासमान अगाडि भन्छिन्—‘अरुलाई दाल, तरकारीलगायतको सामाग्री दियो ।’ ‘पाँच सात दिन दौडादौड गरेपछि मलाई २० किलो चामल मात्र दिएको छ ।’ ‘त्यो पनि सडेको छ ।’ ‘तपाईहरु हेर्नुस् यही हो सडेको चामल ।’ स्वास्थ्यमा हानी हुने चामल वितरण गरेर राहतको नाममा जनप्रतिनिधिहरुले कमिशनको चक्करमा छन् ।

गोविन्दुरको पर्वतीय पोखरीको डिलमा सुकुम्वासी जीवन विताइरहेका पनिलाल सदायले भने ‘अरुले राहत पाएको छ ।’ ‘मलाई पनि व्यवस्था गरिदिनुस् ।’ ‘राहतको लागि पटक पटक वडामा गएर तर पाएका छैन ।’ ‘यहाँ त हुनेखानेले राहत पाएको छ ।’ ‘मेरो त छैन ।’ राहत नपाउँने यस्ता कैयन दलित, गरिब, विपन्नवर्ग लहान २४ गोविन्दपुरमा यो लकडाउनमा छाक टार्न कठिनाई भोगिरहेका छन् । लहान २४ मा १७ सय बढी घर दलित, विपन्नवर्ग रहेका छन् । त्यस मध्ये आधा जति घरपरिवारले राहत नपाएको अर्जुन दास बताउँछन् ।

राहत वितरण गर्ने वडापक्षले वडा ठूलो रहेकोले सोही अनुरुप जनसँख्या पनि बढी रहेकोले राहत वितरण गर्न समय लाग्ने बताउँछन् ।

यता, स्थानीयतहले दोस्रो चरणको राहत वितरण गर्न तयारी गरिरहेको छ । कति स्थानीयतहले दोस्रो चरणको राहत वितरण गरिरहेको छ ।

लहानमा एकद्धार प्रणालीलाई चुनौती दिँदै विभिन्न संघसंस्था तथा व्यक्तिगत राहत वितरण समेत गर्दै आएको छ । तर, लहान २४ गोविन्दपुरमा राहत नपाएका सयौ दलित, गरिब , विपन्नवर्ग जीवनमरनको अवस्थामा छन् ।