वृद्धबृद्धा तथा अशक्तहरुको कोठा-कोठामै खाद्यान्न बोकेर पुगे नेता भुषाल

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण विश्वका धेरै जसो देशहरूमा लकडाउन लागू गरिएको छ । नेपालमा पनि चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन जारी छ भने संक्रमितको संख्या दिनानुदिन बढ्दै गईरहेको छ ।

कोरोना फैलावटलाई ध्यानमा राख्दै सरकारले लकडाउन अझ कडाईका साथ लागु गरेको छ । लकडाउनको कारण मानिस दैनिक आवश्यकताका बारेमा चिन्तामा छन् भने वृद्धहरु तथा एकल महिला र अशक्तहरु झनै मारमा परेका छन् ।

अहिले यीनै वृद्ध तथा एकल महिला र अशक्तहरुको भगवान सरह बनेका छन् पुर्व अखिल (क्रान्तिकारी) केन्द्रिय उपाध्यक्ष तथा अनेरास्ववियूका केन्द्रिय नेता इन्द्र भुसाल ।वृद्ध तथा एकल महिला र अशक्तहरुको कोठामा आगो बले नबलेको र खाद्यान्न भएरनभएको भुषालको चासो बनेको छ। दैनिकी जस्तै वृद्ध तथा एकल महिला र अशक्तहरुको कोठा-कोठामै खाद्यान्न लिएर जाने गरेका छन् भुसाल । आफु एक्लै खाद्यान्न बोकेर वृद्ध तथा एकल महिला र अशक्तहरुको कोठा(कोठा पुग्ने नेता भुसालको यो कर्म दैनिकी जस्तै बनेको छ।

नेपाल लगायत विश्वभर कोरोना महामारी डरलाग्दो बन्दै गएको छ । अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले बुधबार सम्म ४४ लाख भन्दा धेरै संक्रमित भएका छन् । ज्यान गुमाउनेहरुको संख्या २ लाख ६० हजार भन्दा धेरै रहेको छ ।

नेपालमा पनि बुधबार रातीसम्म २४३ जना संक्रमित फेला परेका छन् भने ती मध्ये ३५ जना निको भएर घर फर्के का छन् । अहिले नेपाल लगायत विश्वका धेरै सरकारहरुले लकडाउन गरेका छन् । यस्को प्रभाव कम गर्नका लागि विभिन्न देशहरुले आ–आफ्नै तरिकाले लकडाउन गरेका छन् । यद्यपी अधिकांश देशहरुले गम्भीर चुनौतीहरूको सामना गरिरहेका समाचार बाहिर आएका छन् ।