भारतीय र चीनियाँ सेनाबीच मुक्का हानाहान

0
Shares

नयाँदिल्ली,एजेन्सी ।

दर्जनौं भारतीय तथा चिनियाँ सैनिकबिच सिमाक्षेत्रमा मुक्का हानाहान भएको भारतीय संचार माध्यमले जनाएका छन्  । भारतको सिकिम राज्यको सिमाना न्याकु ला नजिक सात जना चिनियाँ र चारजना भारतिय सैनिक घाइते भएको एक जना भारतिय सैनिक अधिकारीले पुष्टि गरेका छन्।

शनिवार भएको यस भिडन्तपछि स्थानीय कमान्डरहरु बिच भएको वार्ताबाट विवाद व्यवस्थापन गरिएको बताइएको छ । भारत र चीन बिचको करिव ३ हजार ४ सय किलोमिटर लामो दुरीमा दुइ पक्षबिच समय समयमा भूस्वामित्वलाई लिएर विवाद हुने गरेको छ ।

दक्षिण एसिया मामिलाका लागि विविसिका सम्पादक अन्वारासान एथिरानले सिमा क्षेत्रमा चिनिया र भारतिय सेनाबिच आपसमा ठेलाठेल र ढुँगा हानाहान हुने गरेको बताउाछन् । सिकिमको न्याकु ला क्षेत्र समुद« देखि ५ हजार मिटर भन्दा माथि रहेको छ । सिमा विवादलाई नै लिएर सन् १९६२ मा भारत र चीनबिच युद्ध भएको थियो ।