विदेशबाट नेपाल आएका सबैको स्वास्थ्य परिक्षण गरेर मात्र परिवारलाई बुझाईयोस्

0
Shares

भगवती तिमल्सििना,काठमाडौं ।

विश्वब्यापी महामारीको रुप लिएको नोबेल कोरोना भाइरस कोभिड–१९ को संक्रमण र यस बाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गईरहेको र नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित संख्या २ सय १९ पुगेको सबैमा बिदितै छ । चिकित्साशास्त्र अध्ययनका लागि बंगलादेशमा गएका ५ सय ६४ जना बिद्यार्थीहरुको अवस्था अत्यन्तै दयनीय रहेको, त्यस्तै गरी फिलिपिन्स, चाइना, अष्ट्रेलिया, भारत , बेलायत, अमेरिका लगायका अन्य मुलुकहरुमा रहेका नेपाली बिद्यार्थीहरु र अरबियन मुलुकहरुमा रोजगारका लागि गएका नागरिकहरुले नेपाल आउनका लागि सहजीकरण गरिदिन भनी यस संघलाई गरिएको आग्रहप्रति नेपाल चिकित्सक संघको गम्भिर ध्यानकर्षण भएको छ ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसका कारण नेपाल बाहिर उच्च शिक्षा अध्ययनका लागि गएका विद्यार्थीहरु र रोजगारीका लागि गएका सर्व साधारण नागरिकहरु सम्बन्धित देशको नियमानुसार एकान्तवासमा बसी स्वदेश फर्कन चाहनु भएको व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराइन्छ ।

अध्ययनको शिलशिलामा गएका बिद्यार्थीहरु र रोजगारीका लागि विदेशिएका नागरिकहरुलाई सम्बन्धित देशका शैक्षिक संस्था र रोजगारदाता कम्पनीले आफ्नो देशमा जाउँ भनी दबाब सिर्जना गरेको सम्बन्धमा नेपाल चिकित्सक संघलाई ईमेल, फोन मार्फत जानकारी प्राप्त भएकोले नेपाल चिकित्सक संघ बिदेशबाट नेपाल फर्कन चाहने बिद्यार्थीहरु तथा अन्य रोगगारीका लागि गएका दाजुभाई दिदी बहिनीहरुलाई यस आपतकालिन अवस्थामा अबिलम्ब स्वदेशमा ल्याई एकान्तवासमा राखी स्वास्थ्य परीक्षण पश्चात् मात्र आफ्नो परिवारजनमा समावेश हुने व्यवस्था मिलाउन नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।