फिफाको ‘द बेस्ट’ अवार्ड रद्द

0
Shares

लन्डन, एजेन्सी ।

कोरोना भाइरसका कारण यो वर्ष विश्व फुटबल महासंघ फिफाले हरेक वर्ष प्रदान गर्ने बर्षको उत्कृष्ट अवार्ड यसपाली रद्द गरेको छ ।आगामी सेप्टेम्बरमा इटलीको मिलानमा कार्यक्रम गरेर बर्षको उत्कृष्ट खेलाडीलाई अवार्ड दिने कार्यक्रम थियो । तर, कोरोनाको संक्रमणका कारण अवार्ड कार्यक्रम रद्द गरिएको छ ।

फिफा अध्यक्ष इन्फान्तिनोले कोरोनाका कारण विश्वले संकट सामना गरिरहेको यस वर्ष द बेस्ट अवार्ड रद्द भएको अन्तराष्ट्रीय सञ्चारमाध्यमलाई जानकारी गराएका हुन।फिफाले कोरोनाका कारण सबै प्रतियोगिता एकपछि अर्को गरि स्थगित भएको अवस्थामा उत्कृष्ट खेलाडीको अवार्ड आयोजना गर्नु उचित नभएको बताएको छ ।

कोरोनाका कारण फिफाले यसअघि यू २० र यू १७ महिला विश्वकप स्थगित गरेको छ । यस्तै २०२१ हुने फुटसल विश्वकप पनि स्थगित गरिसकेको छ । अहिलेसम्म फिफाले स्थगित नगरेको प्रतियोगिता क्लव विश्वकप रहेको छ । जुन आबुधावीमा डिसेम्बरमा हुनेछ ।