पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा सिल


न्युज अफ नेपाल, ललितपुर ।

केही दिनअघि सुनसरीको झुम्काबाट भक्तपुर आएकी नर्समा कोरोना संक्रमण रहेको मंगलबार पुष्टि भएपछि ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा प्रहरीले सिल गरेको छ।

ती नर्सको सम्पर्कमा रहेकाको खोजी गर्दा उनकी साथीले आरोग्य प्रतिष्ठानमा काम गरेको देखिएपछि आरोग्य प्रतिष्ठान सिल गरिएको हो।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार हाल प्रहरी निरीक्षकको कमाण्डमा थप अनुसन्धानका लागि सिल गरिएको जानकारी दिएको छ।

जिल्ला स्वास्थ कार्यालयले संक्रमितको सम्पर्कमा रहेकाले आरोग्य प्रतिष्ठानसँगै रहेको निदान अस्पतालमा पनि काम गरेको देखिएको बताएको छ। यस बिषयमा थप जानकारी लिइँदै गरेको स्वास्थ कार्यालयले जनाएको छ।