पूर्वगृहमन्त्री रावलको सुरक्षामा खटिएका सशस्त्रका जवानमा पनि कोरोना संक्रमण पुष्टि


न्युज अफ नेपाल,काठमाडौँ ।

पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । २७ वर्षीय ती जवानको स्थायी घर रामेछाप भई भक्तपुरको दुवाकोटामा अस्थायीरुपमा बस्दै आएका बताइएको छ ।

उनको टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ । ती जवान सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको बताईएको छ ।

यसैगरी भक्तपुरमा कोरोना संक्रमण देखिएका अर्की २५ वर्षीया महिलाको घर सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का भएको बताइएको छ ।

हाल उनी भक्तपुर सल्लाघारी बस्ने गरेकोमा पछिल्लो पटक नयाँठिमीस्थित प्रजित रेग्मीको घरमा बस्दै आएको खुलेको छ । उनलाई हिजै टेकु अस्पतालमा भर्ना गरिएको छ ।