समाजसेवी राणाले गरे क्यान्सर अस्पताललाई दुई हजार थान मास्क र पञ्जा हस्तान्तरण

0
Shares

पुष्कर बुढाथोकी,भक्तपुर ।

समाजसेवी तथा नेपाली कांग्रेस सुर्र्यविनायक नगरपालिका नगरकार्य समितिका उपसभापति रवि राणाले आज भक्तपुर क्यान्सर अस्पताललाई एक हजार थान माक्स र एक हजार थान पञ्जा हस्तान्तरण गरेका छन् ।राणाले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्कर्मीहरुलाई अत्यावश्यक मास्क र पन्जा हस्तान्तरण गरेका हुन् ।उनले उक्त मास्क र पन्जा अस्पतालका निर्देशक प्रा. डा. ऋषिकेश नारायण श्रेष्ठलाई सहयोगस्वरुप हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरणपछि समाजसेवी राणाले कोरोनाको जोखिम न्युनिकरण गर्न अस्पताललाई आफ्नोतर्फबाट सानो सहयोग गरेको बताए ।त्यस्तै अस्पतालका निर्देशक श्रेष्ठले कोरोनाको जोखिमकाबीच पनि अस्पतालले क्यान्सरका विरामीको उपचार गरिरहेको बताए ।सरकारले अन्य अस्पताललाई कोरोना विषेश अस्पतालको रुपमा रुपान्तरण गर्दै अत्यावश्यक सामग्री उपलव्ध गराएपनि क्यान्सर अस्पताललाई कुनै सामग्री नदिएको गुनासो गरे । दातृनिकायबाट दिएको स–साना सहयोगबाट नै अस्पताल सञ्चालन गरिरहेका उनको भनाई थियो ।

राणाकै संयोजकत्वमा बालकोट युवा समाजले यस अघि सुर्यबिनायक नगरपालिका अन्तर्गत वडा नं.२,३ र १ का एघार सय अभावमा रहेका घर परिवारलाई रु एघार लाख बराबरको खाद्यान्न बितरण गरिएको थियो भने उपत्यकामा अलपत्र बिभिन्न जिल्लाका मजदुर तथा बिद्यार्थीलाई गाउँ फर्कन बसको निशुल्क ब्यबस्था गरिएको थियो ।