मजदुर खोज्दै खाना खुवाउँदै अञ्जु

0
Shares

बढ्दो लकडाउनका कारण समस्यमा परेका दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरूलाई सघाउने पंक्तिमा गायिका अञ्जु पन्त पनि अगाडि आएकी छिन्।

गायिका पन्तले राजधानीको बौद्ध, जोरपाटी, वीर अस्पताल, नख्खु दोबाटो, फर्सीडोल ललितपुरलगायतका विभिन्न १२ स्थानमा बिहीबार र शुक्रबार ज्याला मजदुरीमा जीविका चलाउने मजदुरहरुलाई खाना वितरण गरेकी हुन्। उनले आप्mनो सामाजिक संस्था अन्जु पन्त फाउन्डेसनकोबाट खाना वितरण गरेकी हुन्।

लकडाउनका कारण यो कठिन परिस्थितिमा मजदुरहरु समस्यामा परेकाले खाना खुवाएको अञ्जुको भनाइ छ। ‘विभिन्न ठाउँका मजदुरहरू भोकभोकै हुनुहुन्छ भन्ने खबर सुनेपछि चुप लागेर बस्न सकिन र खाना बोकेर बाहिर निस्किएँ’ उनको भनाइ छ।