रेखा शाहको मौन भिडियोमा

0
Shares

गायिका रेखा शाहले आफ्नो नयाँ गीत मौन म्युजिक भिडियोसहित सार्वजनिक गरेकी छिन्।

सिमसिमे पानीमा गायिका शाहले बुद्ध जयन्तीको अवसर पारेर आफ्नो नयाँ गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेकी हुन्। हरि लम्सालको संगीत, भूपेन्द्र खड्काको शब्द र फणिन्द्र राईको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो नीतिन चन्दले निर्देशन गरेका छन्। रुपेश थापाको छायांकन तथा सम्पादन रहेको गीतको म्युजिक भिडियोमा गायिका शाहले आफैँ अभिनय गरेकी छिन्। कोरोना भाइरसको संक्रमणका कारण जारी लकडाउनको समयमा संगीतले थेरापीको काम गर्न सक्ने भन्दै आफूले गीतको भिडियो सार्वजनिक गरेको रेखाको भनाइ छ।

प्रेम वियोगको शून्यतालाई प्रस्तुत गरिएको गीतलाई गायिका शाहकै सामाजिक संस्था रेखा शाह फाउन्डेसनले उत्पादन र प्रकाशन गरेको हो। दर्जनौं चर्चित गीतकी गायिका शाहका आधा दर्जन एल्बम प्रकाशित छन्।