सुन्तला जोन स्याङ्जाद्वारा ५० प्रतिशत अनुदानमा भीरकोटका सुन्तला कृषकलाई आधुनिक हाते ट्याक्टर प्रदान

0
Shares

भूपराज बस्याल,स्याङ्जा ।

प्रधानमन्त्री कृिर्ष आधुनीकीकरण सुन्तला सुपर जोन स्याङ्जाले भीरकोटमा रहेका सुन्तला उत्पादन गर्ने कृषक समुहलाई ५० प्रतिशत अनुदानमा आधुनिक हाते ट्याक्टर प्रदान गरेको छ । हाते ट्याक्टर प्रदान गर्दै नगर प्रमुख छायाराम खनालले साधन पाएर घर लगेर सहि सदुपयोग नगर्ने हो भने ट्याक्टर लानुको तुक नहुने भन्दै राज्यले गरेको लगानी खेर नफाली उत्पादनमा वृद्धी ल्याई वढी भन्दा वढी मात्रामा आर्थिक उपार्जन तर्फ लाग्नु पर्ने भन्दै खनालले कोरोना भाइरसले हाम्रो आनी बानी र व्यवहारमा परिवर्तन ल्याएको भान भएको भन्दै अव भीरकोटका वाँझा खेतवारीको लागत तयार पार्ने काम भैरहेको बताउनुभयो ।

उहाँले केही दिनमा नगरपालिकाले महत्वपूर्ण निर्णय गरी हरेक वाँझा खेतवारी लाई जुन माटोमा जे वढी उत्पादन हुन्छ त्यही खेती गर्ने रणनिति तयार गरी लागू गर्ने योजना रहेकाले हाते ट्याक्टर वहुउपयोगी हुने प्रमुख खनालले वताउनुभयो । प्रधानमन्त्री कृर्षी आधुनीकीकरण सुन्तला सुपर जोन अन्र्तगत भीरकोट नगरपालिकाका ५ वटा वडा पर्दछन ।

जस मध्ये हाते ट्याक्टर पाउनेमा वडा न ७ मा ७ सुन्तला कृषक समुहलाई ७ वटा,वडा न ८ मा ३ समुहलाई १ वटा,वडा न १ मा ३ समुहलाई ३ वटा,वडा न २ मा २ समुहलाई २ वटा र वडा न ३ को १ समुहलाई १ वटा गरी १४ वटा आधुनीक ७ हर्ज पावरको १ वटालाई ३३ हजार पर्ने हाते ट्याक्टर ५० प्रतिशत अनुदानमा कृर्षकलाई प्रदान गरीएको सुन्तला जोन स्याङ्जाका सह सचिव तारा अर्यालले वताउनुभयो ।

शिव शिखर एग्रो प्रालीवाट खरिद गरी ल्याइएको आधुनीक हाते ट्याक्टर सुन्तला वगैचालाई व्यवस्थापन गर्नको लागी साह्रै सहज र हल्का रहेको भन्दै अर्यालले स्याङ्जा जिल्ला भरी सुन्तला सुपर जोनमा परेका पालिकाका वडाहरुमा ९५ वटा हाते ट्याक्टर वितरण गर्ने योजना रहेको वताउनुभयो ।

प्रधानमन्त्री कृर्षी आधुनीकीकरण सुन्तला सुपर जोन स्याङ्जाका अध्यक्ष वोदराज अर्याललको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सुन्तला सुपर जोनका सह सचिव तारा प्रसाद अर्यालले गर्नुभएको थियो । उक्त कार्यक्रममा वडा अध्यक्ष ,प्राविधिक र कृषकहरुको सहभागीता रहेको थियो ।