खोटाङमा दोस्रोे चरणको आरडिटी परीक्षण सुरु

0
Shares

रामधन राई,खोटाङ ।

बैसाख–२४, खोटाङमा दोश्रो चरणको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) सुरु गरिएको छ । पहिलो चरणमा विभिन्न देशबाट चैत महिना यता घर फर्किएपछि क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राखिएका सर्वसाधारणको ¥यापिड डाइग्नोस्टिक टेष्ट गरिएको थियो । बुधबारदेखि भने स्वदेशभित्रकै विभिन्न स्थानबाट घर आएपछि क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राखिएका शंकास्पद व्यक्ती वा संक्रमितको सम्पर्कमा रहेर आएका व्यक्तीको ¥यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको हो ।

प्रदेश सरकारबाट ३ सय ६० थान परीक्षण किट आएपछि क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राखिएका व्यक्तीमा कोरोना भाइरसको संक्रमण भए/नभएको थाहा पाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाबाट दोश्रो चरणको ¥यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

वडा कार्यालय जालपाको क्वारेन्टाइनमा राखिएका सबै २३ जनाको ¥यापिड डाइग्नोस्टिक टेष्टको रिपोर्ट नेगेटिभ आएको छ । अन्य स्थानीय तहको क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राखिएका स्थानीयको क्रमशः ¥यापिड डाइग्नोस्टिक टेष्ट गरिने जिल्ला अस्पतालले जनाएको छ ।

जिल्लाका १० स्थानीय तहमध्ये दिप्रुङ, साकेला र रावाबेँसी गाउँपालिकामा जिल्ला अस्पतालबाटै स्वास्थ्यकर्मी पठाएर ¥यापिड डाइग्नोस्टिक टेष्ट गरिने छ । अन्य स्थानीय तहमा भने ल्यावमा काम गर्ने स्वास्थ्यकर्मी भएकाले किट पठाएर तिनै स्वास्थ्यकर्मीमार्फत ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्ने तयारी गरिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर शैलेस श्रेष्ठले जनाउनुभयो ।

जिल्लामा पहिलो चरणमा गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्टमा १ सय ४१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । यस्तै, ¥यापिड डाइग्नोस्टिक टेष्टका क्रममा जिल्लाबाट पठाइएका १७ जनाको नमूना (स्वाव)को पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको छ ।