अपराधिक घटना न्युनीकरणमा ध्यान केन्द्रित गर्छौँ : डिएसपी श्रेष्ठ

0
Shares

न्यूज अफ नेपाल, ताप्लेजुङ ।

गत सोबार ताप्लेजुङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न यहाँ आउनुभएका डिएसपी श्रेष्ठले बुधवार जिल्ला स्थित सञ्चारकर्मीहरु संग कुराकानी गर्दै यस जिल्लामा हुने आगलागि लगायत अपराधिक घटना तथा विपद् न्यु्निकरणमा विशेष ध्यान केन्द्रित गर्ने योजना रहेको बताउनुभयो ।

अपराधिक घटना न्युनिकरण र अपराध गर्नेलाई कानुनी दायरामा ल्याउने कार्य संगसंगै विपद् न्युनिकरणमा समेत सरोकारवालाहरु संग समन्वय गरेर अघि बढ्ने बताउनुभयो । ‘यो जिल्ला आगलागि, बाडिपहिरो जस्ता घटनाको हिसाबले उच्च जोखिमा रहेको पाईएकाले प्रहरीको भुमिका यस प्रकारका घटनाको न्युनिकरणमा समेत केन्द्रित हुन्छ’–उहाँले भन्नुभयो ।

यस्तै अपराधिक घटना घटाई वर्षौदेखि फरार रहेकाहरुको खोजतलास एवम अनुसन्धान गरि दोषीलाई कानुनी दायरामा ल्याउने कार्य पनि आफ्नो प्राथमिकतामा परेको बताउनुभयो । दुई छिमेकि मुलुक संग सिमा जोडिएको यस जिल्लामा चोरी सिकारीका घटनाहरु प्रसस्तै हुने अनुमान आफुले गरेको र यसलाई पनि नियन्त्रण गर्नेमा केन्द्रीत हुने बताउनुभयो ।