जिल्ला अस्पताल खोटाङमा पोषण पुर्नस्थापना गृहको तयारी

0
Shares

रामधन राई,खोटाङ ।

जिल्ला अस्पताल खोटाङमा आवासीय पोषण पुर्नस्थापना गृह सञ्चालनको तयारी गरिएको छ । कुपोषित बालबालिकाको उपचार, उचित खानपानका साथै उचित स्याहार सुसारको व्यवस्थाका लागि पुर्नस्थापना गृह सञ्चालनको तयारी गरिएको हो । नेपाल युथ फाउण्डेसनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग वाल स्वास्थ्य महाशाखामार्फत जिल्ला अस्पतालले आवासीय पोषण गृह सञ्चालन गर्न लागेको हो ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको बसेको बैठकले ५ बेडको पोषण पुर्नस्थापना गृह सञ्चालनको टुंगो लगाएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताउनुभयो । बालबालिकालाई कुपोषणका कारण हुने बौद्धिक तथा शारीरिक अपांगताको शिकारबाट बचाउने तथा कडा रोग लाग्नबाट जोगाउनका लागि पोषण पुर्नस्थापना गृह सञ्चालन गर्न लागिएको अध्यक्ष राईको भनाई छ ।

आवश्यक उपचार र व्यवस्थापनद्धारा कुपोषित बालबालिकाको उचाई र उमेर अनुशारको तौल पु¥याउन केही समय राखिने उपचार कक्ष पोषण पुर्नस्थापना गृह हो । आवासीय पोषण पुःर्नस्थापना गृहमा कुपोषणले ग्रस्त भएका जन्मेदेखि ५ वर्षमुनिका बालबालिकालाई राखेर आवश्यक निःशुल्क स्वास्थ्य उपचारका साथै सन्तुलित आहारको व्यवस्था गरिने अस्पतालले जनाएको छ ।

आवासीय पोषण पुःर्नस्थापना गृहमा स्वास्थ्यकर्मी, कुकर, कार्यालय सहयोगी सहित ८ जना कर्मचारी राखिने अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ ।