जंगली च्याउ खाँदा १६ जना विरामी

0
Shares

घनश्याम बगाले,नवलपरासी ।

पूर्वी नवलपरासीमा जंगली च्याउ खादा एकै दिन १६ जना विरामी परेका छन् ।जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार जंगली च्याउ खाएर मध्यविन्दुका १२ जना र विनयी त्रिवेणीका ४ जना विरामी परेकाहुन् ।जंगली च्याउखाई विरामी हुनेमा विनयी त्रिवेणी गाउपालिका ४ निवासी २२ वर्षीया संगिता आले, ३० वर्षीया जानु आले, ३३ वर्षका रेम तरामु मगर र ४० वर्षीया चनिसरा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मध्यविन्दु नगरपालिका १४ कि ४ वर्षीया बालिका मनिसा रुचाल, ६ वर्षका बालक सुरज रुचाल, ८ वर्षीया शान्ति गाहा, १० वर्षीया विनिसरा ढेगा, ११ वर्षका ध्रुव ढेगा र १५ वर्षीय बालक पदम रुचाल जंगली च्याउ खाई विरामी परेकाहुन् ।

यसरी नै सोही ठाउकी २२ वर्षीया किशोरी मनकुमारी ढेगा, ३५ वर्षीया दिलमाया गाहा, ५० वर्षकी लक्ष्मी ढेगा, ५५ वर्षकी टिकासरा रुचाल, ६० वर्षीय ईन्द्र बहादुर रुचाल र मध्यविन्दु १३ का ५५ वर्षीय श्याम बहादुर सोमै जंगली च्याउकै कारण विरामी परेकाछन् ।

विरामी मध्ये विनयीका ४ जनाको जिल्ला अस्पताल डण्डा र अन्य सवैको नयां मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको जिप्रका पूर्वि नवलपरासीका प्रनाउ मोहन बहादुर खांणले बताउनु भयो ।

पछिल्लो समय जिल्लामा दिनहूं जसो पानी परिरहेकोले जंगलमा च्याउ, निहुरो, जलुको लगायतका तरकारी पलाउन थाले पछि मानिसहरु जंगल पस्ने गरेकाछन् । तरकारी खोज्न भन्दै जंगल जाने र च्याउ भेटाए पछि के कस्तो हो पहिचान नै नगरी घरमा ल्याई खादा कतिपय मानिसहरु विरामी पर्ने गरेको स्थानीयहरु बताउछन् ।