बाढीले मोटरसाइकल बगाउँदा चालकको मृत्यु

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

अविरल वर्षासँगै आएको बाढीले मोटरसाइकल बगाउँदा चालकको मृत्यु भएको छ । मंगलबार राति करिब ८ः३० बजे मकवानपुरको भीमफेदी गापा–८, पोगटेस्थित भित्री सडकखण्डमा देउराली बस्ने वर्ष २३ का कृष्ण खनालको बाढीमा बग्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट भीमफेदीको इपातर्फ बा.४४ प ६०५८ नम्बर मोटरसाइकलमा आउँदै गरेका उनलाई अविरल वर्षासँगैको बाढी बगाउँदा करिब ५ सय मिटर तल मृत अवस्थामा फेला परेको जिप्रका मकवानपुरका सूचना अधिकारी प्रनि सुजन पाठकले बताउनुभयो । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी सिस्नेरीबाट प्रहरी टोली खटिएको छ ।