सुरक्षा सामग्री हस्तान्तरण

0
Shares

काठमाडाैं, (नेस)

गोरखा वेलफेयर ट्रस्ट नेपालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पीपीई, थर्ममिटर, एन ९५ मास्कलगायतका व्यक्तिगत सुरक्षा सामग्रीहरु हस्तान्तरण गरेको छ ।

यसै गरी उक्त संस्थाले वाससंग सम्बन्धित सामग्रीहरुको स्थापना गरिदिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका निर्देशक डा. विनोद बन्दु शर्माले जानकारी गराउनुभएको छ ।

त्यसैगरी बुधबार कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारको लागि जनशक्ति तथा आपूर्ति परिचालन समितिको बैठक सम्पन्न भएको छ । समितिका संयोजक डा. तारानाथ पोख्रेलले गण्डकी प्रदेशमा कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनमा हालसम्म भए गरेका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।