क्वारेन्टाइनका कर्मचारी र प्रहरीलाई सुरक्षा सामग्री प्रदान

0
Shares

बुटवल, (नेस)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तिलोत्तमा क्रियाशील युवा नेताहरुले क्वारेन्टाइन र ड्युटीमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई विभिन्न सुरक्षा सामग्री प्रदान गरेका छन् । कोरोनाको माहामारीका बेला उनीहरुले जोखिमपूर्ण अवस्थामा काम गरेको भन्दै विभिन्न सामग्री प्रदान गरिएको नेकपा तिलोत्तमा नगर कमिटी सदस्य प्रेम घर्तीमगरले बताउनु भयो ।

युवा नेताहरु राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवं नेकपा रुपन्देही जिल्ला सचिवालय सदस्य माधव बस्नेत, नेकपा तिलोत्तमा नगर कमिटिका सदस्य प्रेम घर्ती मगर, प्रदीप थापालगायत राष्ट्रिय युवा संघ रुपन्देहीका जिल्ला नेता युवराज पराजुली, डायमण्ड गिरी, गोपाल गैरे, सतिश सापकोटा, गोविन्द रेग्मीलगायतले तिलोत्तमा नगरपालिका र ओमसतिया गाउँपालिकामा रहेका क्वारेन्टाइनहरुको निरीक्षण गरी त्यहाँ कार्यरत कर्मचारी र चोकचोकमा खटिएर ड्युटीमा रहेका राष्ट्रसेवक प्रहरीहरुलाई सुरक्षित रहन आग्रह गर्दै विभिन्न सामाग्री टिस्यु पेपर, मेडिकल मास्क, ग्लोब, सेनिटाइजर, साबुन र मिनरल वाटर लगायतका सामग्री प्रदान गरेका हुन् ।

यसैबीच राष्ट्रिय युवा संघ तिलोत्तमाले संघका केन्द्रीय सदस्य माधव बस्नेतको जन्मदिन मनाउने खर्च क्वारेन्टाइनमा सहयोग गरेको नेकपा नगर कमिटी सदस्य घर्तीमगरले जानकारी दिनुभयो ।