वासिंगटन,एजेन्सी ।
कोरोना भाइरससँग लडिरहेको विश्वका लागि खुसीको समाचार आएको छ । इबोला समाप्त पार्न तयार गरिएको औषधी रेमडेसिविर कारोना भाइरसका विरामीमा चमत्कारिक असर पारिरहेको अमेरिकी वैज्ञानिकहरुले बताएका छन् । अमेरिकी वैज्ञानिकहरुको यो घोषणाले यो महामारीसँगको युद्धमा थप्प रहेको विश्वमा धेरै सास बढाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार डाक्टर एन्थनी फाउसीले भने – रेमडेसिविर औषधीले विरामी ठीक हुने समय स्पष्ट, प्रभावी र सकारात्मक प्रभाव देखाएको आंकडाले बताएको छ । रेमडेसिविर औषधी अमेरिका, युरोप र एसियाका ६८ स्थानमा १ हजार ६३ विरामीमा परिक्षण गरिएको उनले जानकारी दिए । यस परिक्षणमा रेमडेसिविर औषधीले यो भाइरसलाई रोक्न सक्छ भन्ने देखाएको उनले बताए ।
यसअघि रेमडेसिविर औषधी इबोलाको परिक्षणमा असफल भएको थियो । यद्यपी डब्ल्युएचओले पनि आफनो सीमित अध्ययनपछि वुहानमा यो औषधीले विरामीमा सीमित असर परेको बताएको थियो । वुहानबाटै कोरोना भाइरसको पहिलो संक्रमण आएको थियो । यसबीच रेमडेसिविर औषधीमा भएको यो ताजा शोधमा डब्ल्युएचओका वरिष्ठ अधिकारी माइकल रेयानले कुनै टिप्पणी गर्न अस्विकार गरेको छ ।
डाक्टर फाउसीको उक्त घोषणाले पुरै विश्वमा खुशीको लहर फैलिएको छ । उनले यो घोषणा गरिरहँदा कोरोना कहरले विश्वमा २ लाख २८ हजार २ सय ३९ को मृत्यु भइसकेको छ र ३२ लाख भन्दा बढी यस भाइरसबाट संक्रमित भइसकेका छन् । विगत २४ घन्टामा अमेरिकामा मात्रै २ हजार ५ सय २जनाको मृत्यु भएको छ । कोरोनाको गढ बनेको यस संक्रामक रोगबाट अमेरिकामा मर्नेको संख्या ६० हजार नाघिसकेको छ ।
रेमडेसिविर औषधी इवोला संक्रमणको उपचारमा औषधीका रुपमा विकसित गरिएको थियो तर यसबाट अरु पनि कयौं प्रकारका भाइरस मर्न सक्छ भन्ने थियो । अमेरिकाको वासिंगटन राज्यमा कोरोनासँगको युद्ध जित्ने एक महिलाले आफनो निजि अनुभव साझा गर्दै रेमडेसिविर औषधीको मद्दतले उनका पति कोरोना संक्रमणबाट ठीक भएकोे बताएकी थिइन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्रम्पले घोषणा गर्दै भनेका थिए, रेमडेसिविर एक त्यस्तो औषधी हो जसबाट कोरोना समाप्त पार्न सक्ने संभावना देखिएको छ । यसअघि अमेरिकाको सिकागो सहरमा कोरोना भाइरसबाट गम्भिर रुपमा बिरामी परेका १ सय २५ जनालाई रेमडेसिविर औषधी दिइएको थियो जसमा १ सय२३ जना ठी भएका थिए ।
चीनले कोरोना भाइरस विरुद्ध सबैभन्दा उपयोगी मानिएको औषधीमा त्यतिबेलै पेटेन्ट गराउने प्रयास गरेको थियो, जब सबैभन्दा पहिला मानवबीचमा यो भाइरस फैलिएको पुष्टि भएको थियो । चीनका राष्ट्र्रपति सी जिनपिंगले जनवरी २० मा यो भाइरस मानव बाट मानवमा फैलिन सक्ने पुष्टि गरेका थिए ।
प्रतिक्रिया