प्रहरीलाई मानसिक तनाव ?

2.73k
Shares

डा. अरुणा उप्रेती

‘प्रहरीले मानिसहरू पिटे’, प्रहरीले डाक्टर कुटे, फलाना प्रहरीलाई कामबाट हटाइयो, ‘प्रहरीको ज्यादती’आदि समाचारले ‘प्रहरीलाई’ भिलेन जस्तो भन्नेहरू पनि छन् । तर जब कोरोना भाइरसको कहरले प्रायःमानिसहरू घरमा बसेर ‘के खाने, कसो गरी समय बिताउने कुन फिल्म हेर्ने’ भनेर विचार गर्दैछन् “त्यो बेलामाप्रहरीलालाई कतितनावछ, कतिमानसिक र शारिरीक रुपले थकित छन् ।

उनीहरूको खानको, पानीपिउन, चर्पी आदिको राम्रो बन्दोबस्त छैन । लगातार कामगरिरहँदाउनीहरू त्रस्त छन्, त्यसैले गर्दा आवेगमाआएर यस्तो गर्छन् । यो तनावको लक्षण हो, तर कसैले पनिप्रहरीको मानसिकतनावको बारेमाविचार गर्दैनन्” । एक वरिष्ट मानसिकचिकित्सकले मलाई भने । नेताहरूले प्रहरीको भोजन, प्रहरी, धेरै कामगर्दा उनीहरूको पारिश्रमिकआदिको बारेमाकेहीबोल्दैनन् । आम संचार पनिप्रहरीको ज्यदतीको मात्र समाचार आउँछ । स्वास्थ्यकर्मि जतिकै खटेर कामगरिरहेका प्रहरीलाई ‘धन्यवाद’भनेर भन्ने कोही छैन ।

उनीहरूको मनोबल उठाउने कामकतै भएको छैन । दिनरात यसै गरेर प्रहरीलाई कामगरिरहु भनेर नेताहरूले भन्ने हो भने प्रहरीहरू भोलि बिरामीभएर ढले, अत्याधिककामले तनावभएर बिरामीभए, बाटोमा हिडेर कोरोनाको संक्रमण स¥यो भने के होलाभनेर के गृह मन्त्रालय, स्वास्थ्यमन्त्रालयले कतै बिचार गरेको । मन्त्री परिषद, स्वास्थ्यमन्त्रालय, आदि स्वास्थ्यकर्मिहरूलाई के–के दिने, कसरी बचाउने भन्ने बारेमा छलफल गर्दा प्रहरीहरू पनि २४ घण्टा नै सेवामा खटिन्छन् उनीहरूको लागिखानाको विशेष प्रबन्ध हुनुपर्छ भनेर कसैले बोल्नु र कामगर्नु पर्दैन ?

दुइ मुठी चिउरा र दालमोठ वापत्रु खाना (बिस्कुट र चाउचाउ) दिएर झारा टार्ने नेताहरूलाई के बुद्धि आउँला । जबजब देशमाआतंरिक सुरक्षमा समस्या हुन्छ, प्रहरीहरू ‘प्रथमलाइनमा’ खटिन्छन् । तर त्यो खटाइ हुँदा, उनीहरूले ‘तलबलिएर मात्रकाम’गरिरहेका छन् भन्ने विचार हुन्छ, सामान्यजनको । नेताहरूले सामान्यप्रहरीलाई ‘सेवक’ नै ठान्छन्, वा ‘रोबोट’ जस्तै २४ सै घण्टा सेवामा खटिए पनि ‘उफ्’ पनिनभन्ने ।

माओवादी युद्धको बेलामा जब जबमाओवादीले कुनै ‘हत्या’गर्थे, कतै विध्वंस मच्चाउँथे, सैनिक र प्रहरीहरू त्यहाँ खटिन्थें । माओवादीविद्रोहको बेलामा ‘माओवादीप्रहरी’हरू पनिमारिए, नेपाल सरकारका प्रहरीहरू मारिए, अंगभंगभए, तनावले गर्दा कतिले आत्महत्या गरे, कतिभाग्नखोजे आदि,समाजशास्त्रिय दृष्टिकोणले कसैले पनि हेरेन ।

प्रहरी मुख्यालयले समेत आफ्नाप्रहरीजवानको मानसिकतनावले गर्दा परेका समस्याहरूको बारेमाबिश्लेषण गरेको छैन । यसको बारेमाकुनै अध्ययन गरेको छैन । ‘मुस्कान सहितको सेवा’ देउ भनेर खोक्रो भाषाण दिने गृहमन्त्रीले कहिले विचार गर्दैनन् कि मानसिक र शारिरीक रूपमाथकितभएको प्रहरीले कसरीअनुहारमा ‘मुस्कान’ल्याउन सक्छ ?

के प्रहरी जवान ‘रोबोट’ हो, ‘मुस्कान’अनुहारमा टाँसिरहने रु म आफ्नो घरको चोकमाबिहान ५ः३० बजे दूधलिनजाँदाप्रहरीहरू चोकमाउभिरहेको देख्छु । त्यतीबिहान जब म घरमागएर तातो चियाबनाएर खाने विचारले खुशी हुन्छु, त्यो बेलामाप्रहरीहरू शायद रातभरी ‘सेवा’मा खटिएर, उदास अनुहार लिएर बसेका हुन्छन् ।

तीप्रहरी जवानको ब्यथा के कहिले कसैले विचार गर्छ होलारुचोकमा बसेका तीप्रहरीलाई बिहानपखशौच लाग्यो भने कहाँजाने होलारुदिशापिशाबलामो समयसम्मच्यापेर राखेपछि त्यसले प्रहरीको स्वास्थ्यमाकति समस्यापर्ला, के कहिले कसैले ध्यानदिएको छ रु यस्तो कठिन अबस्थामाकामगरिरहेका कतिपयमहिलाप्रहरीहरू पनि छन् ।

महिलाप्रहरीले घाममा बस्दा पर्याप्तपानीपिउननपाएपिसाब धेरै च्यापेर बस्न परे उनीहरूलाई मुत्राशयको संक्रमण हुन सक्ने संभावनालाई कसैले विचार गरेका छन् र?
त्यसमाथिपनिअहिलेको ‘लकडाउन’ को बेलायदिमहिलाप्रहरी गर्भवती छिन् र धेरै बेर उभिदाँउनलाई केही समस्याप¥यो भने उनको स्वास्थ्यअबस्था के होला, कुन नेताले मनन् गरेको छ र?
पञ्चायतको पाला देखि नै प्रहरीहरू जनताका साथीहोइनन् भन्ने भावनाआम समुदायमापहिले थियो ।पञ्चायत पछि नेताहरूले प्रहरीलाई “जनताको लागि”होइन, आफ्नो लागि ‘सजिलो’ हुने गरी ‘संगठन’ बनाए । प्रत्येकप्रहरी उच्चअधिकृत “नेताको हात टाउकोमानपरी” ‘उच्चपदमा’पुग्ननसक्ने भए । कांग्रेस, वाम, माओवादी कसैले पनि साच्ची नै ‘प्रहरी जनताको हुन्’ भनेर सन्देश दिनचाहेनन् ।

बिचरा प्रहरी जवानहरू त्यही नेताको ‘सेवा, संरक्षण, चाकरी’ माब्यस्तहुनु प¥यो । ४६ पछिका केहीवर्षहरू प्रहरीहरूले ‘जनताको लागिकामगर्न नखोजेका पनिहोइनन्, तर राजनेताले त्यस्तो गर्ने मौकै दिएनन् । अहिलेको अबस्थामा जब म तीप्रहरीहरूको अबस्था हेर्छु, सुन्छु अनिदुःखीत हुन्छु, प्रहरीहरू कतिअपमानित, दुःखीभएर बस्नु पर्ने रु ‘कोरोना’ को संक्रमण हुन सक्ने संभावना छ भनेर थाहापाएर पनिभगवान भरोसे भएर बस्न पर्ने ।

बारम्बार साबुनपानीले हातधुनुस भनेर रेडियोमाआइरहँदा नेताको सुरक्षामा खटेका, बाटोमा ‘ड्युटी’ गर्ने प्रहरीले कहिले कहाँगएर ‘साबुन’पानीले हातधोएको होलान् रुउनीहरूलाई सरकारले के ‘स्यानीटाइजर’ दिएको छ रुअवश्यपनि छैन नि। हो अहिलेको असामान्यअबस्थामाप्रहरीलालई बढी कामगर्नैपर्छ, तर उनीहरू पनि स्वास्श्रथ्यकर्मी झैं ‘लक डाउन’ मै खटिरहेका छन् भन्ने विचारले स्थानिय सरकार, केन्द्र सरकारले उनीहरूको लागिविशेष ब्यवस्था गरेको त थाहा छैन ।

प्रहरीहरू गाडीमा आएको जन समुदायले देख्छ तर तीप्रहरीहरूको ‘खटाई’ प्रायवास्ता गरिन्न तर जब ‘आवेग’माआएर प्रहरीले ‘लकडाउन’ उलंघान गर्नेहरूलाई लाठी चलाउँछन्, त्यो ‘फोटो’ भाइरल बन्छ, तर प्रहरीले कतिकामदिन रातगरिरहेछन्, भन्ने कुरा चाहिँकतै भाइरल हुँदैन ।प्रहरीहरूको परिवारले पनिकतिमानसिकवेदना खेप्नु परेको छ । विशेष गरी सडक, समुदायमा खटेका प्रहरीले ।

एक प्रहरी बिहानकाममागएर घर फर्केपछि ‘कोरोनाको संक्रमण’ लिएर फर्केको पो छ कि भन्नेभावनाले त्रसितपनिहुन सक्छन्, लकडाउनको बेला २४ घण्टा खटिने प्रहरी छोराले के खायो होलाभन्ने विचारले आमादुखित हुन्छिन्, किनभने उनलाई बोध छ कि उनको सरकारले प्रहरीलाई दाल भात, दिने हैसियत राख्दैन, ठ्यास्स पारेर सुख्खापत्रु खाना भिराइदिन्छ । एककपतातो चियावा सफापिउने पानीपानीको बन्दोबस्तगर्न सक्दैन ।

पेटमा “अल्सर” भएकाकतिप्रहरी जवानहोलान् उनीहरूलाई यसरी सुख्खा र नाममात्रको खाजाले कति पिडा गराउँदो होला, कुनचाहिमुखिया नेताले सोचेका छन् रुप्रहरीहरू यदि जन समुदायको घरमापानीमाग्नगएभने पनिशायद कसैले पानी देला, सरकारको काम, सरकार सँगै मागभन्ने धेरैले प्याच्चभनिदेलान् । किनभने ‘प्रहरी हाम्रा साथी’हुन् भन्ने भावनाआमजनताले आत्मसात गरेका छैनन् होला, किनभने कुनै पनि राजनीतिकदलका नेताले त्यो गर्न दिएकै छैनन् ।

“मेरो सुरक्षाको लागिप्रहरी” भन्ने नेताहरूले कसरी प्रहरी जनताको हो भन्न सक्छन् र रु सामान्यजनमापनिप्रहरीमाप्रवेश गर्दा ‘घुस’ नदिइजागिर पाइन्न, बढुवा हुन ‘घुस’ नदिइहुन्न, प्रहरी र व्यापारीको मिलेमतोमा भ्रष्ट काम हुन्छ’भन्ने भावना छ । राजनीतिकदलले त्यही गराइदिएका छन् ।त्यसैले जनताको सहानुभूतिनभइप्रहरी खटिन्छन् । ठूला पदकाप्रहरीहरूले कहिले बाटोमा खटिने प्रहरी जवानको ‘समस्या’ छलफल गर्दैनन् । कसले, कसरी, कहिलेप्रहरीलाई तनाव मुक्त गर्ने होलार ?