आगलागीमा ३६ जनाको मृत्यु

0
Shares

सोल,एजेन्सी ।

दक्षिण कोरियाको इचियोन शहरमा निर्माणधिन एउटा भण्डार गृहमा बुधवार आगलागि हुँदा कम्तिमा ३६ जना मानिसको ज्यान गएको छ । दक्षिण कोरियाली संचार माध्यमले भुमिगत कोठामा इन्सुलेसन कार्यका लागि प्रयोग भइरहेको ज्वलनशिल पदार्थ अचानक विस्फोट हुँदा आगलागि भएको प्रहरीले जनाएको छ ।

मारिने सबै निर्माणमा संलग्न कामदारहरु रहेका छन् । दुर्घटनाकाबेला त्यहाँ ७८ जना मानिस काम गरिरहेको र अहिले सम्म सबै सम्पर्कमा आइनसकेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । दक्षिण कोरियाको योन्हाप समाचार निकायले राजधानी सोल देखि ८० किमि दक्षिणमा पर्ने इचियोनको यस दुर्घटनामा कम्तिमा १० जना घाइते भएको जनाएको छ ।