वैकल्पिक ऊर्जामा बजेट बढाउन परिसंघको जोड


नेपाल समाचारपत्र, काठमाडौं

नेपाल नवीकरणीय ऊर्जा परिसंघले आगामी आर्थिक वर्षको बजेटमा वैकल्पिक ऊर्जासँग सम्बन्धित कार्यक्रम ल्याउनका लागि बजेट बढाउन सरकारलाई सुझाव दिने भएको छ ।

आगामी आर्थिक वर्षका लागि सरकारले तर्जुमा गर्ने कार्यक्रम अघिल्ला वर्षमा भन्दा बढी गम्भीरतापूर्व लिनुपर्ने, अघिल्ला वर्षमा सञ्चालन गरेका कार्यक्रम अझ व्यापक तुल्याउनुपर्ने र नवीकरणीय ऊर्जा प्रविधि उपयोग गर्दै हाल देखिएका आर्थिक–सामाजिक चुनौती सामना गर्नुपर्ने भएकाले सरकारसँग अनुरोध गर्नुपर्ने निष्कर्ष परिसंघले निकाले छ ।