बलिउड अभिनेता इरफान खानकी आमाको निधन

0
Shares

काठमाडौं । बलिउड अभिनेता इरफान खानकी आमाको निधन भएको छ ।

इरफानकी ९५ वर्षीया आमा सईदा बेगमको शनिबार मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लामो समयदेखि बिरामी रहेकी उनको निधन भएको पारिवारिक श्रोतले बताएको छ । साईदाको राजस्था जयपुरस्थित आफ्नै निवासमा निधन भएको हो ।

केही समय अघि फिल्म छायाँकनका लागि विदेश पुगेका इरफान लकडाउनका कारण आफ्नी आमाको अन्तिमसंस्कारमा सहभागी हुन पाएनन् ।