ब्रिटेन्स गट ट्यालेन्टमा छानिए भीम निरौला


सन्डे मर्निङ लभ यू बोलको गीत गाएर चर्चामा आएका गायक भीम निरौला बेलायतको लोकप्रिय रियालिटी शो ब्रिटेन्स गट ट्यालेन्ट (बीजीटी) मा छनोट भएका छन्।

गायक निरौलाले यसको अडिसनमा सहभागी हुने क्रममा धमाका मचाएका थिए। उनले आप्mनै गायन, शब्द र भिडियो प्रस्तुतिमा सात वर्षअघि तयार पारेको यो गीत बीजीटीमा गाउँदा सबै रमाएका थिए। शोको १४औं संस्करणको अडिसन राउन्डमा उनले रमाइलोका साथ गाएको यो गीत अहिले सामाजिक सञ्जालमा छाएको छ।

५४ वर्षीय गायक निरौलाले गीत गाउने क्रममा एक निर्णायकले बेल थिचेर उनलाई रिजेक्ट गर्ने प्रयास गरे पनि बाँकी निर्णायकले उनको प्रस्तुति मन पराएका थिए। त्यसै गरी शोमा उपस्थित सबैजसोले उनीसँगै गीत गाएर साथ दिएका थिए। गाउने क्रममा गायक निरौलाले निर्णायकहरूलाई समेत मञ्चमा पु¥याएर नचाएका थिए।

उनलाई शोका निर्णायकहरू डेभिस वालिएम्स, एल्सा डिक्सन र अमान्डा होल्डेनले एकसाथ सन्डे मर्निङ लभ यू गाएर उनलाई रिजेक्ट गर्न खोज्ने निर्णायक सिमन काउवेललाई जिस्काएका थिए।। निरौला पत्नीसहित शोमा पुगेका थिए। उनले मैले मेरी पत्नीका लागि लेखेको प्रेमगीत गाउँदै छु भनेका थिए। शोमा उनी दृढ आत्मविश्वाका साथ प्रस्तुत भएका थिए।