सरकारको नैतिकता माथि प्रश्न उठेकोले तत्काल राजिनामा गर्न कांग्रेसकाे माग


पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति भक्तपुरले समसामयीक बिषयहरुमा पार्टीको धारणा सार्वजनिक गरेको छ । जिल्ला सभापति दुर्लभ थापाले एक बिज्ञप्ति जारी गर्दै अनैतिक काम गर्ने सरकार र उक्त कार्यमा सहयोग गर्ने राष्ट्रपतिको नैतिकता माथि प्रश्न उठेकोले तत्काल राजिनामा गर्न माग गर्नुभएको छ ।

कोभिड २०१९ (कोरोना) र लकडाउनका कारण नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले गैर संबैधानिक अध्यादेश ल्याउनु, सो अध्यादेशलाई बिना कुनै छलफल राष्ट्रपतिबाट जारी हुनु र चौतर्फी बिरोधका बाबजुद फिर्ता गर्न बाध्य हुनुबाट राष्ट्रपति तथा बर्तमान सरकारको नैतिकता माथि गंभिर प्रश्न उठेकोले तत्काल राजिनामाको माग गर्दछौं — ,बिज्ञप्तिमा भनिएको छ ।

लोकतन्त्र र बिधिको शासन विरुद्द जनताको बलिदानीपुर्ण आन्दोलनबाट जारी संबिधानको मूल भावना र मर्म बिपरित सरकारले लाद्न खोजेको अध्यादेश आम नेपाली जनता र संचार माध्यमको बिरोधका कारण फिर्ता लिन बाध्य भएको कांग्रेसको निष्कर्ष छ ।

जनता कोरोनाका कारण घर भित्र बस्न बाध्य भएको अवस्थामा अरु दललाई फुटाउन,एकलौटी शासन गर्न र संबैधानिक परिषदमा प्रतिपक्षको उपस्थितिलाई निषेध गर्दै शासन गर्ने सरकारको स्वेच्छाचारी कदम चौतर्फ विरोधका कारण असफल भएको ठहर गरेको छ ।

रोगसंग सवै मिलेर लडिरहेको अबस्थामा बर्तमान सरकारका गलत क्रियाकलापले यतिखेर मुलुकमा राजनैतिक सरगर्मी समेत बढाएको भन्दै कांग्रेसले सरकारले लकडाउनको घोषणा र परिपालनका नाममा जनतालाई प्रताडन बाहेक केही नदिएकोले तत्काल सरकारलाई आम नेपाली नागरिकको जीवन रक्षाको लागि कदम चाल्न अनुरोध गरेको छ ।

बिश्वलाई नै आतंकित बनाइ रहेको कोभिड २०१९ र लकडाउनका कारण मुलुक इतिहास कै गंभिर आर्थिक, सामाजिक क्षतिको संघारमा उभिएको कांग्रेसको ठम्याई छ । आम नेपालीलाई यो महामारीबाट कसरी जोगाउन सकिन्छ भन्ने महान लक्ष्यका साथ नेपाली काँग्रेस हातमा हात र काँधमाकाँध मिलाई अगाडि बढेको सभापति थापाले बताउनुभयो ।

मुलकको यो बिषम परिस्थितिमा पनि धैर्य गरी कोभिड १९ लाई आजका दिन सम्म परास्त गर्न हरदम आफ्ना राजनैतिक, सामाजिक, आर्थिक तथा अन्य बिषयमा रहेका असहमतीलाई थाँती राखि पार्टीले हरतरहले सहयोग गरि आएको भन्दै आगामि दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता प्रकट गरेको छ ।

यो महामारीबाट आम नेपालीलाई सुरक्षित बनाउन रात दिन नभनी आफ्नो ज्यानको बाजी राखी उपचारमा सम्लग्न स्वास्थकर्मीहरु, सुरक्षाकर्मी,संचारकर्मी लगायत सवैमा धन्यबाद दिदै कांग्रेसले सो कार्यमा हुन सक्ने संभावित जोखिमबाट जोगाउन पुर्याउनु पर्ने न्यूनतम सामाग्रीहरु नपुगेको तर्फ गंभीर हुनुपर्नेमा सरकार मुखदर्शक मात्रै बनेकोले तत्काल आवश्यक प्रबन्ध मिलाउन जोडदार माग गरेको छ ।

बिज्ञप्तिमा उल्लेख छ,‘आम नेपाली अझ बिशेषत निम्न आय भएका नागरिकहरुको दैनिक रोजी रोटी त खोसिएको छ नै, मानवोचित रुपमा बिहान बेलुकी छाक टार्न समेत नपाएको अवस्था छ । यातायात कलकारखाना ब्यबसाय ठप्प भएकाले लाखौ जनता भोकै नाङ्ग्गै हजारौ किमीको यात्रा गर्दै सडकमा हिडिरेको अवस्था छ तर वर्तमान सरकार आम नेपालीलाई गन्तब्य सम्म पुर्याउन, सुरक्षित रुपमा खान बस्न पाउने नैर्सिर्गक अधिकार समेत माथि कुनै जिम्मेवारी लिन तयार भएको देखिदैन’।

मुलकको यस्तो भयावय अवस्थामा पनि स्वास्थ मन्त्रालयबाट स्वास्थ्य सामाग्री खरिदमा बजार मूल्य भन्दा धेरै बढी राज्यकोषको रकम निकासा गराएर गरिएको भ्रष्टाचार र अनियमिततामा संलग्नहरुलाई कानुनी कारवाहीको दायरमा लेराउनुको साटो उल्टो ओठे जवाफ दिई उन्मुक्ति गराउने प्रपन्च भएको तर्फ आपत्ति जनाउदै अनियमिततामा संलग्न सवैलाई कारबाहीको दायरमा ल्याउन जोडदार माग गरेको छ ।

केही राजनैतिक दल, जनप्रतिनिधि जनतामा भ्रम सृजना गर्न लागिरहेको आभाष मिलेको भन्दै जनताको करबाट राहत तथा अन्य ब्यबस्थापन भएकोमा यो राजनैतिक दलका यो स्वनामधन्य नेताको कृपाबाट भएको भनि समाचारहरु प्रकाशित भएको तर्फ गंभिर ध्यानाकर्षण भएको उसले जनाएको छ ।कांग्रेसले कुनै ब्यक्ति बिशेषले राज्यको ढुकुटीलाई दोहन गर्ने क्रियाकलाप तत्काल रोक्न माग गरेको छ ।

कथित अध्यादेशको खेलमा समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरी काठमाडांै ल्याउने कार्यमा भक्तपुरका जनप्रतिनिधि महेश बस्नेत लगायतको संलग्नता भएको पुष्टि भएको भन्दै पार्टीले यस्ता गैरकानुनी कार्यमा संलग्नलाई कानुन बमोजिम कारबाहीको माग गरेको छ ।

अहिलेको विषम परिस्थितिमा भक्तपुरका बन, जंगल, खोला नालाहरुका भौतिक संरचनाबाट काठ, बालुवा, ढुंगा गिट्टी तस्करी भईरहेकोमा तत्काल रोक्न माग गर्दा उल्टै सत्ताका आडमा धम्की दिई रहेको भन्ने सुनिन आएकोले राष्ट्रिय सम्पती दोहन रोक्न सम्बन्धित निकायको ध्यानाकर्षा गराउदछौ ,बिज्ञप्तिमा उल्लेख छ ।

बर्तमान सरकारका अमानवीय, गैरकानूनी ,गैर संवैधानिक क्रियाकलापका बारेमा नेपाली काँग्रेस भक्तपुरले लिखित धारणा सार्वजनिक गर्दै भक्तपुरका र्सार्वजनिक सम्पतीमा गरिएको दोहन रोक्न र राज्यकोषको दुरुपयोग रोक्न बिनम्रता पुर्बक माग गरेको छ ।

एक अनलाईन संचार माध्यममा सरकारी सम्पती कब्जा गर्ने काँग्रेस नेताको फुर्ति भन्ने शिर्षकमा समाचार प्रकाशित भएको तर्फ गंभिर ध्यानाकर्षण भएको भन्दै सो समाचार गलत मात्रै होईन भ्रामक, अतिरंजित पनि रहेकोले समाचारको सत्यता प्रमाणित गर्न कांग्रेसले चुनौति दिएको छ ।

कोरोनाबाट आँक्रान्त आम नेपालीको सहजजीवन यापन, स्वास्थ्य जीवनको ब्यबस्थापन गर्न, जनताको गास बासको उचित ब्यबस्थापन पार्टीका नेता, कार्यकर्ता लगायत सबैमा जे जसरी सहयकोग गर्नु भएको छ पुरवत रुपमा गरि रहन अपिल गरेको छ ।

अब देखिन सक्ने भोकमरी, चरम आर्थिक अभाव, जनताको क्रय शक्तिमा ह«ास, भक्तपुर जस्तो कृषिमा आश्रति किसानहरुको बाहुल्यता भएको जिल्लामा कृषि उत्पादन तथा बजार ब्यबस्थापनमा हुने गिरावटबाट हाम्रा आगामी दिन अझ कष्टकर हुने आंशका भएकाले सवै तहका सरकार र नगरपालिकाहरुलाई तत्काल यो समस्यासग जुध्न सक्ने उचित बातावरण बनाउन कांग्रेसले ध्यानाकर्षण गराएको छ ।

प्रताडित आम नेपाली र भक्तपुर बासी दिदीबहिनी दाजुभाईहरुलाइ राहत तथा उचित ब्यबस्थापनमा सहजीकरणका लागि नेपाली कांग्रेस भक्तपुरमा आवद्ध सवैलाई निरन्तर लागिरहन अपील गरेको छ ।