क्षेत्र निर्धार गरेर लकडाउन गर्न सुझाव, आन्तरिक र अन्तर्राष्ट्रिय उडान थप १५ दिन बन्द


नेपाल समाचारपत्र, काठमाडौं ।

कोरोना भाइरस (कोभिड—१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि थप लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको छ । समितिले लकडानका कारणले गर्दा नै नेपालमा सम्भावित जोखिम नियन्त्रण गर्न सम्भव भएको तर्क दिएको छ ।

बैठकले नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको समिति बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू मे १५ तारिक अर्थात् जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि अप्रिल ३० सम्म उडान बन्द थिए । समन्वय समितिले उडानहरू बन्द गर्ने निर्णय गरे पनि लकडाउनको विषयमा भने केही निर्णय नगरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताउनुभयो । उहा“ले लकडाउनको प्रभाव र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासको विषयमा बैठकमा समीक्षा भए पनि समय थप्ने वा खुकुलो बनाउने भन्ने विषयमा केही निर्णय नभएको बताउनुभयो । उहा“ले भन्नुभयो– ‘विभिन्न मोडालिटीका बारेमा छलफल भएको लकडाउनको विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्छ ।’

प्रदेशहरूलाई समन्वय गर्ने मन्त्रीहरूको समेत सहभागिता रहेको समिति बैठकमा अहिलेसम्म भएका कामको समीक्षा भएको छ । लकडाउनको प्रभावकारिता, कार्य सफलताका विषयमा समीक्षा भएको बताउ“दै सचिव बिडारीले अहिलेको अवस्थामा औषधिजन्य सामग्रीको आपूर्ति र अपलब्धता सहज बताउनुपर्ने, स्वास्थ्य सामग्री चाहिएको ठाउ“मा सजिलै पु¥याउनुपर्ने सरकारको प्राथमिकताका बारेमा जानकारी गराउनुभयो ।

समितिको बैठकले विभिन्न प्रस्तावमध्ये क्षेत्र निर्धारण गर्दै लकडाउनलाई सोहीअनुसार परिवर्तन गर्ने वा अहिलेकै मोडलमा जाने भनेर छलफल गरेको छ । त्यसमध्ये अधिकांश सदस्यहरूले बढी प्रभावित क्षेत्र र कम प्रभावित क्षेत्र छुट्याएर उक्त क्षेत्रमा मात्र कडिकडाउ गर्नुपर्ने धारणा राखेको समितिमा एक सदस्यले बताए । समितिको छलफल, विश्लेषण र निर्णयका आधारमा लकडाउनको स्वरूप परिवर्तन हुनेछ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेल नेतृत्वको समितिलाई लकडाउनबारे विश्लेषण गर्न जिम्मा दिएको थियो ।